काठमाडौं - विश्वमा कोभिड १९ महामारी फैलिरहेको अवस्थामा सबै जना आ आफ्नो घरमा सुरक्षित साथ बसिरहेका थिए । हामि स्वास्थयकर्मी भने मनमा सेवा गर्ने आट बोकेर अस्पतालमा सेवा दिएर बसेका थियौं । त्यसमाथि पनि हामी नर्सहरु सिधै बिरामीको सम्पर्कमा रहेर उपचारमा सम्मिलीत हुनु पर्थ्र्यो । बिरामीको हेर बिचार गर्दा संक्रमण फैलिने डर बोकेर भए पनि दिनरात खटिनु हाम्रो पहिलो कर्तव्य थियो ।
थरिथरीका सोचका साथ हामीले सेवालाई निरन्तरता दियौं । महामारीको समयमा हामीहरुले धेरै समस्याहरुको सामाना गर्नु परेको थियो । पिपीई, मास्क, ह्यान्ड ग्लब्स र अन्य सुरक्षाका लागि आवश्यक सामाग्रिको आभावको सामाना गर्दै बिरामीको सेवामा लाग्नु परेको थियो ।
कर्मचारीको अभावले गर्दा दिनमा १८ घण्टा सम्म डिउटि गर्नु परेको थियो । कतिपय घरभाडामा बस्ने नर्सहरुको पिडा भने छुट्टै थियो । घर धनि र छिमेकमा बस्ने मानिसले यँहा नबस्नु हामीलाई पनि कोरोना सर्छ जस्ता कुराहरूको सामना गर्नु पर्यो ।
घरपरिवारका सदस्यहरुलाई सुरक्षित राख्न अस्पतालमा १४ दिन क्वारेन्टाइन बसि कतिपयले घरपरिवारको दबाबमा आएर वा डराएर जागिर नै छोड्नु पर्यो । घरपरिवारलाई सम्झाउने र बुझाउने काम गरेर काम गर्नु पर्ने हुँदा धेरै कठिनाइलाई झेल्नु परेको थियो ।
सबैलाई आ आफ्नो ज्यानको माया त लाग्छ नि होइन र ? म एक नर्स मात्र नभई आमा पनि हो । परिवारबाट टाढा बस्नु पर्दा मन सारै दुख्यो परिवारसँग टाडा बसेर खाना खाने र सामानहरु अलगै बनाउनु पर्ने हुन्थ्यो ।
कोभिड १९ को महामारीले विश्व आतंकित भइरहेको अवस्थालाई केहि हदसम्म पार गरि सहज अवस्था सम्म आइ पुग्दा सामना गरेको समस्याहरु हेर्दा नेपाल सरकारले स्वास्थयकर्मिलाई दिनु पर्ने सुविधा नपाएको अभाष हुन्छ ।
कोरोना सुरक्षा सामानको अभावको अवस्था भएर पनि ब्लूक्रस असपतालले विभिन्न तरीकाबाट हामीलाई समानहरु उपलब्ध गराई बिरामीको सेवा गर्ने वातावरण गराइ दिएकोमा अस्पताल व्यवस्थापनलाई धेरै धन्यवाद समेत व्यक्त गर्न चाहन्छु । युद्धको मैदानमा सिपाहिहरुले आफ्नो ज्यानको माया नगरि लडाइ लडे जस्तै हामी नर्सहरुले समेत यस कोरोना महामारीको युद्धमा सिपाइ सरह ज्यानको माया नगरि देशको लागि स्वास्थ्य क्षेत्रमा केहि योगदान गर्न पाएकोमा निकै गर्व महसुस हुन्छ ।
यसलाई देशको सम्बन्धित निकायहरुले हामी जस्तो नर्सहरुको अवश्य एक दिन सहि मुल्याकन गर्ने छ भन्ने भित्रि मनले विश्वास समेत लिएको छ ।
(नर्स मनिषा चित्रकार ब्लु क्रस अस्पतालमा बिगत १० वर्ष देखि सेवा दिदै आईरहेकि छिन् ।)
’