काठमाडौं - मधुमेहलाई अंग्रेजीमा डायबीटिज मेलिटस र छोटकरीमा डायबीटिज र पुर्व मधुमेहलाई प्री डायबीटिज भनिन्छ। मधुमेहमा रगतमा सुगर सामान्य भन्दा बढेर शरीरको बिभिन्न भागमा असर गर्दछ। रगतमा सुगर बढी भएपछि यो पिसाबबाट पनि निस्कन थाल्दछ। ल्याटिन भाषामा मेलाइटसको अर्थ गुलियो र डायबीटिजको अर्थ बाहिर निस्कनु हो।
मधुमेहको किसिम
मधुमेहको प्रकारहरु निम्नलिखित छन्।
टाइप १ डायबीटिज
टाइप २ डायबीटिज
गर्भावस्थाको मधुमेह गेस्टेस्नल डायबीटीज मेलिटस (Gestational diabetes mellitus - GDM)
प्रायजसो मधुमेह भएका मानिसहरुलाई २ डायबीटीज भइरहेको हुन्छ।
मधुमेहको लक्षणहरु
बढी प्यास लाग्नु
पिसाब बढी हुन थाल्नु राती पिसाब फेर्न उठ्नु पर्ने हुनथाल्नु
दुब्लाउनु
कमजोरी हुनु
बढी भोक लाग्नु र खानु
शरीर चिलाउने
छालामा घाउ, खटिरा आउनु
ज्ञनेन्द्रियमा घाउ, खटिरा हुनु
योनक्रम घट्नु
आँखा कमजोर हुनु, धमिलो देखिनु, थाक्नु आदि
सबै मधुमेह भएको मानिसहरुलाई यी लक्षणहरु कुनै कुनै मात्र पनि हुन सक्छ अथवा कुनै पनि लक्ष्यण नहुन पनि सक्छ।
मधुमेह हुने सम्भावना कसलाई बढी हुन्छ ?
वंशानुगत रुपमा परीवारमा मधुमेह भएकाहरुमा
निस्त्रिय जीवनशैली भएकाहरुमा
व्यायाम एकदमै कम वा नगर्नेहरुमा
धेरै पटक गर्भ रहेमा
गर्भवती हुँदा मधुमेह भएका महिलाहरुमा
जन्मेको बेला ४ केजी भन्दा बढी तौल भएका बच्चाहरुमा र जन्माउने आमा दुबैमा
उच्च रक्तचाप भएकाहरुमा र रगतमा चिल्लोको मात्रा धेरै भएकाहरुमा
रगतमा चिनीको मात्रा सामान्यभन्दा केही बढी भएकाहरुमा
नाइटोनिरको पेटको गोलाई आवश्यकभन्दा बढी भएकाहरुमा
तनाव बढी भएमा
उमेर ४० वर्ष भन्दा बढी भएमा
महिलाहरुको डिम्बाशयमा पानी भरेको सानो गोलाहरु धेरै भएमा
मधुमेहबाट बच्ने उपाय
नियमित शारीरिक गतिविधि, खेलकुद गर्ने
आफ्नो उचाई अनुसारको स्वस्थ्यकर तौल राख्ने
स्वस्थ खानपान राख्ने
चुरोट, बिडी, सुर्ति, तमाखु, खैनी, जर्दा आदी सुर्तिजन्य पदार्थहरुको सेवन नगर्ने
पुर्व मधुमेहमा चिकित्सकको सल्लाह अनुसार मधुमेह रोक्ने औषधीहरुको सेवन समेत गर्न सकिने