काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी कोरोना विरुद्धको खोप अभियान सहज र निगरानी गर्न देशका विभिन्न अस्पतालमा गएका छन् ।
कोरोना विरुद्धको खोप निगरानी मन्त्री त्रिपाठी हाल भैरहवास्थित भिम अस्पतालबाट युनिर्भसल मेडिकल कलेज पुगेको भिडियो सामाग्रीमा जानकारी दिएका छन् ।
हाल नेपाल सरकारले पहिलो प्राथामिकतामा फ्रन्टलाइमा रहेर काम गरेका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षकर्मी, शव व्यवस्थापन एम्बुलेन्स चालक, सहचालक तथा नाकामा कार्यरत कर्मचारी र जेलमा रहेका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ । सो खोप अभियानको आज चौथो दिन हो ।
का अनुसार, हिजो चितवनको भरतपुर अस्पताल, नवलपुर जिल्ला अस्पताल, नवलपरासी जिल्ला अस्पतालमा निगरानी गरिसकेको मन्त्री त्रिपाठीले बताए ।
उनले प्रथम प्राथामिकतामा परेका व्यक्तिलाई निर्धक भएर खोप लगाउन आग्रह गरेका छन् । विश्वमा नै असल र प्ररिक्षित खोप नेपालमा भित्राइएको बताए ।
नेपालमा ३ ट्रायल पार नगरेको र २ देशमा नलगाएको खोप भित्रिन नदिने समेत उनले जानकार िदिएका छन् । उनका अनुसार, नेपाली जनतालाई प्रयोगको बिषय भन्न दिइने छैन ।
आधारधुत जनसंख्यालाई निशुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्री ओलीले समेत बताएका छन् । स्वास्थ्य मन्त्रालय त्यसैमा कार्यरत रहेकाले खोप अभियान सञ्चालन भइरहेको अस्पतालमा खोपको अवस्था के छ ? कती सफलतापुर्वक खोप अभियान चलिरहेको छ त्यसबारे जानकारी लिन देशभरका विभिन्न अस्पतालहरुमा मन्त्री त्रिपाठी पुगेका छन् ।
मन्त्री त्रिपाठीका अनुसार, पहिलो दिन खोप लगाउन केहि संकोच थियो । साथै खोपको बिषयमा अज्ञात भय पनि थियो । नेपालमा खोपका असर नगन्य रुपमा सामान्य किसिमका देखिएका छन् । संसारमा विभिन्न किसिमका खोपहरु विकसित भएका छन् । स्वास्थ्यमा तिनको असर र प्रतिक्रिया आएकाले त्रसित हुनु स्वभाविक रहेको उनले बताए ।
अन्य चरणको खोप पारदर्शी तरीकाले खरिद गर्ने काम अगाडि बढाइसकेको उनले बताए । खोप अभियान निरन्तर रुपले जारी रहने उनको विश्वास छ । खोप आपुर्ति र खरिद गर्ने वातावरण मिलाउने उनले बताए । उनका अनुसार, कम्पनी भन्दा पनि सम्बन्धित देशका सरकारका व्यक्तिहरुसँग, प्रभाबशाली व्यक्तित्वहरुसँग व्यक्तिगत रुपमा समेत पहल भइरहेको छ । जसका कारण समयमा खोप ल्याएर कोभिड १९ विरुद्धको नयाँ महत्वपुर्ण चरणमा प्रवेश गरेको उनले बताए । यसलाई सफलतापुर्वक सम्पन्न गरिने उनले बताए ।
जुन उत्साह र आत्मबलका साथ खोप अभियानमा खटिएका स्वास्थ्यकर्मी र खोप लगाएका व्यक्तिलाई उनले धन्यवाद दिएका छन् । कोभिड १९ बिरुद्धको यस लडाइमा उनिहरुको भुमिका महत्वपुर्ण हुने उनले बताएका छन् ।