एजेन्सी । अटिजम एक जेनेटिक डिसअर्डर हो जसले लाखौँ मानिसहरूलाई असर गर्छ ।
यो गम्भीर अवस्थामा शरीरको विकासमा ढिलाइ भइरहेको हुन्छ । अटिजमले बालबालिकाको जीवन कष्टकर बनाउँछ भन्ने अधिकांश मानिसहरू विश्वास गर्छन्। तर, यो यस्तो होइन । बालबालिकाहरू बाहेक वयस्कहरू पनि यस समस्याबाट प्रभावित छन् ।
यस्ता छन् अटिजम भएका मानिसमा देखिने लक्षणः
- बोल्न समस्या हुने
- एउटै व्यवहार पटकपटक दोहोर्याउने
- मानिसहरूसँग कुरा गर्न समस्या हुने
- शारीरिक गतिविधि नियन्त्रण गर्न गाह्रो हुने
- आफ्नो स्वरमा नियन्त्रण नहुने
- मानिसहरू वरपर हुँदा असामान्य व्यवहार गर्ने
- सहयोगका लागि सोध्न समस्या हुने
- चुपचाप बस्न रुचाउने
अटिजमको समस्या हुने हरेक मानिसलाई एउटै लक्षण देखिँदैन । मानिसमा देखिने लक्षणहरू व्यक्तिको जीवनशैली र जीवनका अनुभवहरूमा निर्भर हुन्छन् । अटिजमका बिरामीहरू आफ्नो दैनिक जीवनमा आइपर्ने समस्याहरूका कारण दिक्क हुने तथा छिटो रिसाउने हुन्छन् । सामान्य मानिसले जस्तै काम गर्ने प्रयास गरे पनि सफल हुँदैनन् ।
यस्ता छन् अटिजम भएका मानसिले भोग्नुपर्ने समस्याः
- पढ्न समस्या हुने
- सामान्य कुराकानीमा सहभागी हुन नसक्ने
- मानिसको शरीरको भाषा र अनुहारको भाव बुझ्न नसक्ने
- एउटै ढाँचामा रोबोट जस्तै कुरा गर्ने
- अरूलाई बुझ्न समस्या हुने शब्दहरू बनाउने
- कुरा गर्दा आँखामा हेरेर कुरा गर्न नसक्ने
- साथी बनाउन समस्या हुने
- सानातिना कुरामा दुःखी हुने
- आफ्नो भावनालाई नियन्त्रण गर्न नसक्ने
- शान्त ठाउँमा अनौठो आवाज निकाल्ने