काठमाडौं- परिवार हुँदा हुदै पनि टुहुरो जिवन बिताइरहेका बालबालिकाहरुलाई उनिहरुको परिवार सँग पुनः मिलन गराउन बिना तामाङ हरेक पल तत्पर छिन् । विभिन्न कारणले आफ्नो परिवारबाट अलगिएका बालबालिकालाई उनिहरुको अभिभावकसम्म पुर्याउनु तामाङको दैनिकी भएको छ । कलीलो उमेरमै घरपरिवारसँग टाढिएका बालबालिकालाई परिवारसम्म पुर्याउन उनि एक माध्यमको रुपमा काम गरिरहेकि छन् ।
२३ वर्ष अघि बुबा हिमानसिहं र आमा बिन्दुमाया तामाङको कोखाबाट नबबुद्धमा जन्मिएकि बिनाको सानो र मध्यम वर्गिय परिवार छ । परिवारमा बुबा, आमा, उनी र एक जना मात्र दाई छन् ।
प्लस्टु सकेपछि फेसन डिजाइनर पढ्ने इच्छा भएकी बिनाले परिवारको साथ र सहयोग नपाउँदा त्यो सपना पुरा गर्न सकिनन् ।
सानैबाट सहयोगी स्वभाबकी उनि दिनदुखीहरुलाई सहयोग गर्न पाउँदा सन्तुष्ट भएको महसुस गर्थिन । त्यसकारण समाजीक कार्यमा क्रियाशिल हुन बि।एस। डब्लू पढ्ने निर्णय गरिन् । समृद्धि कलेजका शिक्षक रमेश हमालको सहायताले भक्तपुर स्थित समृद्धी कलेजमा पहिलो ब्याचको रुपमा बि।एस। डब्लू मा भर्ना भइन् ।
सामाजीक सेवामा लाग्दै स्नातक पास गरेकी बिना त्यसपछि के गर्ने भन्ने अन्योलमा परिन् । दाई बाहिर भएका कारण बिदेश नै जानु पर्छ भन्ने घरबाट दबाब आयो तर उनलाई नेपालमानै केहि गर्ने मन थियो ।
केहि नयाँ गरेर आफ्नो अलग पहिचान बनाउँन सकु भन्ने भाव हरेक मानिसको हुन्छ । तर केहि मानिसहरु मात्र आफ्नो सपनाको शिखर चुम्न विभिन्न समस्याका बावजुत पनि लागिरहन्छन् भने केहि आधाबाटोमा नै हरेश मान्छन्। विभिन्न समस्याको सामना जसले गर्छ, अन्ततः उहि सफल बन्छ । विभिन्न समस्यालाई सामाना गर्दै बिना अघि बढिरहेकी छिन् ।
करिब डेड वर्ष देखि महाराजगंज स्थित हिमाली नवीन समाजमा पुनरमिलन अधिकृत र बालअधिकारकर्मीका रुपमा बिना कार्यरत थिइन् । त्यस संस्थामा आबद्ध भएपछि बिस्तारै सबै कामहरु सिक्दै समाजिक कार्यको महत्व बुझ्ने अवसर उनले पाइन्।
सरकारले अलपत्रमा परेका १८ महिना देखि १४ वर्ष सम्मका बालबालिकाहरुलाई हिमाली नवीन समाजलाई दिने गर्छ । उद्धार गरिएका बालबालिकाहरुलाई राख्नका लागि हिमाली नवीन समाजले शक्ती घर बनाएको छ । सरकारले जिम्मा लगाएका ति बालबालिकाहरुलाई उनिहरुको परिवारको जिम्मा नलाउँदा सम्म त्यहि राख्ने गरेको अधिकृत बिनाले बताइन् ।
बिनाका अनुसार, निम्न वर्गका परिवारका बालबालिका अझै पनि राम्रो शिक्षा, स्वास्थ्य पाउने प्रलोभनमा श्रम शोषण र हिसांमा परिरेहका छन् । नेपालमा रहेका केहि बालगृह अनैतिक रुपमा चलिरहेका छन् । उनिहरुका लागी बालबालिका पैसा कामाउने भाडो भएका छन् । केहि समय पहिला नवजात शिशु भेटाए भन्दै मिडीयामा आएकी एक बालगृह सन्चालीका केहि समयका लागी मिडीयामा भाइरल भइन् तर अन्त्यमा झुटो साबित भइन् । हाल नेपालमा अनैतिक रुपमा चलिरहेका बालगृहबाट नेपाल सरकारले नियमन गर्दै धेरै संख्यामा बालबालिकाहरु उद्धार गरिहेको छ ।
सरकारले उद्धार गरेका बालबालिकामध्ये केहि हिमाली नवीन समाजमा ल्याइने गरेको उनले बताइन् । बिना भन्छिन् सरकारले जिम्मा लगाएका बालबालिकाहरु कोहि सानै उमेरका हुन्छन् उनिहरुलाई आफ्नो घर कँहा हो भन्ने समेत थाहा हुदैन । कोहि बालबालिकाले घरको ठेगाना मात्र दिन्छन् त्यहि आधारमा घर खोज्दै जान्छौं तर केहि बालबालिका अनभिग्य हुन्छन् । उनिहरुलाई परिवार नै छ वा छैन भन्ने नै थाहा हुदैन । तिनै बालबालिकाहरुलाई घर सम्म पुर्याउने हाम्रो मुख्य कार्य हो । यसरी हामीले अलपत्र परेका बालबालिकाहरुलाई परिवार सँग पुनः मिलन गराउँन पुलको काम गर्दै आइरहेका छौं ।
उनि भन्छिन्, हामीले परिवारसँग पुनरमिलन गराएका बालबालिकाहरु मध्ये धेरै जसो चितवन ,हुम्ला र जुम्लाका बिकट ठाउँका छन् । हामीले केन्द्र, प्रदेश ,स्थानिय सरकारसँगको सहकार्यमा काम गर्दै आइरहेका छौं ।
राम्रो शिक्षा र स्वास्थ्यका लागि अभिभावकहरुले आफन्तकै माध्यमहरुबाट छोराछोरीहरुलाई बालगृहमा पठाइरहेका छन् । सबै बालगृह नराम्रो नै हुन्छन् भन्ने छैन तर केहि बालगृहरु पैसा कमाउने भाडो बनिरहेका छन् ।
उनका अनुसार सो संस्थाले हालसम्म्म हजार भन्दा बढि बालबालिकालाई परिवार सँग पुर्नमिलन गराई सकेका छन् । यसरी परिवारसँग पुर्नमिलन गराइसकेपछि पनि उनिहरले कम्तीमा ५ वर्ष सम्म बालबालिकाको अवस्था बुझ्ने गरेका छन् ।
उनी भन्छिन्, बालगृहमा रहेका बालबालिकालाई माया दिन आफ्नै परिवार नातागोता नै हुनु पर्छ भन्ने हुदैन, सबैभन्दा ठुलो भावनात्मक सम्बन्ध हो । यो कामले गर्दा आफुले झनै राम्रोसँग परिवारको महत्वलाई बुझे जस्तो लाग्छ । आफुले परिवारको माया पाइरहेकि छु । तर कती बालबालिका परिवार विहिन छन् । कति आफ्नो घर परिवारबाट टाढा छन् । उनिहरुलाई परिवारको माया के हो चिनाउँनु छ जसका लागी म अगाड बढिरहेकि छु ।
बालबालिकाहरुको पारिवारीक पुनरमिलन गराउनु पुर्वको समय उनिहरु सँग बिताउँदा आफु उनिहरुको अभिवावक हुँ जस्तो अनुभव हुने उनले बताइन् । जसले गर्दा आफुमा निकै ठुलो जिम्मेवारी पाएको जस्तो महशुस हुन्छ । अझ बालबालिकाहरुले गर्ने व्यवहारले सकारात्मक उर्जा दिने उनको भनाइ छ ।
तर कोहि कोहि त निकै साना बालबालिका हुने भएकाले उनिहरुलाई समाल्न निकै गाह्रो हुने गर्छ ।
बालगृहमा रहेका बालबालिकाले भविष्यमा बिना दिदि जस्तै समाजसेवी बन्छु भनेर सोधपुछ गरिरहरको थाहा पाउँदा आफैमा गर्भ महसुस हुन्छ । बालबालिकाहरुलाई परिवारसँग पुर्नमिलन गराउँदा केहि अभिभावकहरु छोराछोरीलाई ल्याइदिनु भयो धन्यवाद भन्छन् भने केहि त उल्टो कुरा नबुझेर अनेकथरी सुनाउने गरेको उनले बताइन्। यसरी परिवार देखि टाढा भएका बालबालिाकालाई उनिहरुको परिवारसँग भेटाउँदा खुशिको सिमा नभएको उनले भनिन् ।
उनि भन्छिन् अन्जानमा टेकेको पाइलाले अहिले म यँहा सम्म पुगेको छु । अझै यहि क्षेत्रमा धेरै उदाहणिय कामहरु गर्नु छ । उनले आगामी दिनहरुमा पनि परिवार बिहीन बालबालिकाहरुका लागि नै आफु सर्मपित हुने बताइन् ।
यस क्षेत्रमा आउन उनले धेरै चुनौतिहरुको सामना गर्नु परेको बताइन् । यस क्षेत्रमा प्रबेश गर्दा सूरुमा उनलाई परिवारले नै साथ दिएका थिएनन् । नेपाली समाजमा अझैपनि पनि छोरी मान्छे घर बाहिर निस्किनु हुदैन भन्ने मान्यताले जरो गाडेको छ । केहि समय यता शिक्षित घर परिवारमा यो सोच बदलिदै गएको पाइन्छ । परिवर्तनको सम्बाहका रुपमा म अगाडी बढिरहेकी छु । अहिले यसमा सबैको साथ र सहयोग पाइरहेको उनले भनिन् हरेक चुनौतिसँग लड्दै आइरहेकी छु । साथै नयाँ काम पनि सिकीरहेकी छु ।
उनि भन्छिन् ,बालगृहमा बसेका बालबालिकाको मानसिकतामा नकारात्मक असर पर्ने हुन्छ । उनिहरुलाई घर सोध्दा घर नै छैन, बाबा आमा पनि छैनन् हामीलाई किन यसरी छोडेको जस्तो तर्क गर्ने गर्छन् । उद्धार गरेका बालबालिकामध्ये केहि बालबालिका त घर जान नै नमान्ने हुन्छन् । उनिहरुको मानसिक स्वास्थ्यमा प्रतीकुल असर परिरहेको हुन्छ । त्यसकारण उनिहरुलाई परार्मश पनि दिने गरेका छौं ।
हाल सम्म बालगृहबाट उद्धार गरिएका बालबालिकालाई गुणस्तिरय शिक्षाको लागी नै पठाइएको पाइएको छ । त्यसकारण हामी सबै मिलीजुली शिक्षामा सुधार ल्याउन सके कुनै बालबालिका अभिभावकबाट टाढा बालगृहमा जानु पर्दैन । अभिभाबकले पनि कुनै पनि व्यक्तिको बहकाउमा आएर आफ्नो सन्तानले राम्रो पढ्ला खाला भनेर टाढा पठाउनु नहुने उनले बताइन् ।