काठमाडौं । मंकीपक्सलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ। मङकीपक्स अहिलेसम्म विश्वका ८० भन्दा धेरै देशमा फैलिइसकेको छ।विश्वभर हालसम्म मंकीपक्सका २४ हजार बिरामी रहेका छन् । भने एसियमा मात्रै मंकीपक्सका ११ जना रिपोर्ट भएका छन् । मंकीपक्स संक्रमणबाट भारतमा एक जनाको मृत्यु समेत भइसकेको थियो ।
विश्वमा अर्को त्रास बनिरहेको मंकीपक्स अर्थोपक्स भाइरसका कारण हुन्छ। यो ठेउला (चिकेनपक्स) जस्तै हुन्छ। तर यो ठेउलाको तुलनामा कम गम्भीर हुन्छ। यो जनावरबाट मानिसमा सर्छ र एक व्यक्तिदेखि अर्को व्यक्तिसम्म फैलन सक्छ। ठेउलाजस्तै देखिए पनि यी दुईमा केही भिन्नता भने हुन्छ।
ठेउला भेरिसेला जोस्टर भाइरसका कारण हुन्छ भने मंकीपक्स हर्पीजभाइरस परिवारसँग सम्बन्धित हुन्छ। अलग–अलग जीवाणु र भाइरसका कारण यी संक्रमण हुन्छन्। यसैले भाइरसको व्यवहारका आधारमा बिरामीमा लक्षण र गम्भीरताको स्तर अलग–अलग हुनसक्छ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार ठेउलामा लिम्फ नोड्स सुन्निँदैन भने मंकीपक्समा लिम्फ नोड्सको आकार बढ्छ।
मंकीपक्सको लक्षण झट्ट हेर्दा ठेउलाको तुलनामा बढी हुन्छ। मंकीपक्सको लक्षण सामान्यतः ५ देखि १२ दिनसम्म देखिन्छ।
मंकीपक्समा १ देखि ५ दिनमा ¥यासेज देखिन्छ। सामान्यतः यो सबैभन्दा पहिले अनुहारमा देखिन्छ र बिस्तारै शरीरका अन्य भागमा फैलनथाल्छ। तर ठेउला अनुहारका साथसाथै शरीरका अन्य भागमा एकैचोटि फैलन थाल्छ।
चिकित्सकका अनुसार पीसीआर परीक्षण गरेर यसलाई पहिचान गर्न सकिन्छ। यस्तै सेरोलोजी पनि अर्को खालको परीक्षण हो, जसको सहयोगले एन्टिजेन र एन्टीबडीको संख्या थाहा पाउने प्रयास गर्न सकिन्छ। तर यसमा फल्स पोजिटिम र गलत रिपोर्टको सम्भावना बढी हुन्छ।