एजेन्सी । धेरै हल्ला भएको ठाउँमा बस्ने मानिसलाई हृदयाघात हुने सम्भावना बढी हुने अध्ययनले देखाएको छ।
अमेरिकाको न्यु जर्सी मेडिक्सको रिपोर्ट अनुसार एयरपोर्ट नजिकै क्षेत्रमा भएका मानिसको सङ्ख्या अझै बढी छ। यी क्षेत्रहरूमा हृदयघातको दर ७२ प्रतिशत सम्म बढ्छ । रिपोर्टमा हृदयघातका कारण हुने २० मध्ये एक जनाको मृत्यु ध्वनी प्रदूषणका कारण हुने गरेको उल्लेख छ।
चर्को आवाजका कारण मानिसलाई निद्राको कमी वा गम्भीर तनाव हुन्छ । अनुसन्धानकर्ता तथा मुटुरोग विशेषज्ञ प्राध्यापक एबेल मोरेराका अनुसार रक्तचाप र मधुमेहजस्तै ध्वनी प्रदुषणलाई पनि मुटु रोगका लागि जिम्मेवार मान्नुपर्छ । यो अनुसन्धानले ध्वनि प्रदूषण र वायु प्रदूषणले पनि हृदयलाई जोखिममा पार्न सक्छ भनेर सोच्न मद्दत गर्छ।
चर्को आवाजले मानिस छिट्टो रिसाउने, निद्रा नलाग्ने र बहिरो हुने समस्या निम्त्याउँछ । अध्ययनमा सन् २०१८ मा हृदयाघातका घटनालाई विश्लेषण गरिएको थियो । शोधकर्ताहरूले लगभग १६ हजार हृदयघातका बिरामीहरूलाई ध्वनिको विभिन्न स्तरहरूमा राखेका थिए । शान्त ठाउँमा एक लाखमा मात्रै एक हजार नौ सय ३८ जनाको अट्याकबाट मृत्यु भएको थियो ।
तर, हल्ला हुने ठाउँमा एक लाखमा तीन हजार तीन सय ३६ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०का अनुसार ध्वनिको स्तर रातमा ३० डेसिबल र दिनमा ५० डेसिबल हुनुपर्छ । यो उच्च ध्वनि स्तरको कारण, शरीरको रक्तनलीहरू संकुचित हुन थाल्छ जसकारण मुटुको चाल र रक्तचाप बढ्छ ।
ध्वनिको स्तर ६५ डेसिबल नजिक भएको स्थानलाई ध्वनि प्रदूषण भएको क्षेत्र भनिन्छ । अनुसन्धानले यस्ता ठाउँमा बस्ने मानिसहरू सबैभन्दा बढी प्रभावित भएको पत्ता लागाएको छ ।