फ्रान्सको राजधानी पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । इन्धनको अभाव विरुद्ध प्रदर्शन गर्नुका साथै देशभरका उद्योग समेत बन्द गरिएका छन् ।
कयौं प्रदर्शनकारीहरू प्रहरीको घेराबन्दीमा परेका छन् । प्रहरी र प्रदर्शनकारी बीच भएको झडपका क्रममा बैंक तथा मोटर पसलहरूमा क्षति पुगेको छ ।
फ्रान्स भरका उद्योगहरूले बढ्दो मुद्रास्फीतिलाई मध्यनजर गर्दै तलब वृद्धिको माग गरेका छन् । इन्धनको अभावमा देशभरका तेल प्रशोधन केन्द्रमा कार्यरत कामदार र सरकारबीच सहमति हुन नसक्दा ठाउँ ठाउँमा झडपको स्थिति पैदा भएको छ ।
रेल र अन्य यातायात कामदारहरू, ट्रक तथा बस कम्पनीहरू र केही हाई स्कूलका शिक्षकहरू र सार्वजनिक अस्पतालका कर्मचारीहरूले फ्रान्सेली उद्योगका लागि तेल मजदुर युनियनको आह्वानलाई ध्यान दिंदै तलब बृद्धि गर्न र रिफाइनरी हडतालमा सरकारी हस्तक्षेपको विरोध गर्न आह्वान गरेका छन् ।-