काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरु हुँदैछन् ।
कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह 'जी' र समूह 'एच' का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह 'जी' मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा अल जानौबी स्टेडियममा उत्रदै छन् ।
ब्राजिलसँग २-० गोल अन्तरमा पराजित सर्बिया पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-० ले क्यामरुन पराजित भएको थियो ।
दोस्रो खेलमा समूह 'एच ' को दक्षिण कोरिया र घाना बीच प्रतिस्पर्धा हुनेछ ।
घाना र दक्षिण कोरिया पहिलो जित निकाल्न एजुकेशन सिटी स्टेडियममा खेल्ने छन् । घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो ।
दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।
विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल र स्विट्रल्याण्ड दोस्रो जितको खोजीमा स्टेडियम ९७४ मा खेल्ने छन् ।
पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले पराजित गरेको थियो । स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो ।
त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह 'जी' मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ । उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ ।
कतारका जारी विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।
आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।