काठमाडौं । किशोरी हुर्कदै जाने क्रममा उनीहरुका शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु देखिन थाल्छन् । छाती आकार बढ्नु, मासिक श्राव हुनु जस्ता कुराहरुले उनी जवान भएको संकेत दिन्छ । हिजोआज किशोरीहरुमा १०-१२ वर्षमा नै महिनावारी हुन थालेको छ ।
यति मात्र होइन, महिनावारीसँगै विभिन्न समस्याहरु पनि देखिन्छ । महिनावारी हुँदा पेट दुख्ने, रगत धेरै बग्ने, वान्ता हुने र महिनावारी अनियमितता जस्ता समस्याका कारण युवतीहरु दिक्क हुन्छन् । आज हामी महिनावारीमा हुने समस्या र यसको घरेलु समाधानका बारेमा केही चर्चा गर्नेछौ ।
महिलाहरुमा समय अनुसार महिनावारी नहुने समस्या सामान्य कुरा हो । महिनावारीमा कहिले काहीँ अनियमितता हुनु सामान्य कुरा त हो, तर यदि त्यो समस्या सधैं हुन थाल्यो भने सचेत हुनु आवश्यक छ ।
कति महिलाहरुको महिनावारी १५ देखि २० दिन ढिलो हुन्छ, यसरी महिनावारी धेरै दिन ढिला भयो भने महिलाहरुमा धेरै समस्याहरु उत्पन्न हुन थाल्छ । शरीर दुख्ने, ढाड दुख्ने, कपाल झर्ने र छटपट हुने जस्ता समस्याहरु देखिन्छ ।
यदि तपाईको महिनावारी नियमित छैन भने आतिनु पर्दैन, यी सबै समस्याहरु हार्मोन परिर्वतनको कारण हुने गर्छ । यी समस्याहरुबाट बच्नका लागि के गर्ने त ?
काँचो मेवा
महिनावारीमा हुने समस्याका लागि काँचो मेवा अति उपयुक्त हुन्छ । यसमा धेरै पोषण तत्व, एन्टी अक्सीडेन्ट तथा रोग कम गर्ने गुणहरु हुन्छन् । काँचो मेवाको सेवनले महिनावारीमा हुने हरेक प्रकारका समस्याहरु कम हुन्छ ।
अदुवा
महिनावारीलाई नियमित गर्न अदुवाले महत्वपुर्ण भुमिका खेल्छ । अदुवाको सेवनले महिनावारी हुँदा पेट दुख्ने समस्याबाट पनि राहत प्रदान गर्छ । त्यसैले आधा चम्चा अदुवालाई पिनेर एक कप पानीमा सात मिनेट उमाल्नुहोस्, त्यसमा स्वाद अनुसार चिनी हाल्नुहोस् ।
यो मिश्रणलाई खानापछि दिनमा तीन पटक सेवन गर्नुहोस् । एक महिनासम्म यसरी अदुवाको मिश्रण बनाएर पिउनुहोस्, धेरै कुरा समाधान हुन्छ ।
जीरा
महिनावारीमा देखिने समस्याहरुमा जीराको सेवन अति फाइदाजनक हुन्छ । यसबाहेक महिनावारीमा पेट दुख्ने समस्यामा पनि जिराको सेवन लाभदायक हुन्छ । महिनावारी हुँदा महिलाहरुमा आइरनको कमी हुन्छ, जीराको सेवनले तपाईंको शरीरमा कमी भएको आइरनको पनि परिपुर्ति गर्छ । एक चम्चा जीरासँग एक चम्चा महको दिनहुँ सेवन गर्नु उपयुक्त हुन्छ ।
बदाम
बदाम पनि महिनावारीमा हुने समस्याहरुलाई कम गर्न सहयोग गर्छ । राती दुईवटा छोकडा र चार वटा बदामलाई पानीमा भिजाएर राख्नु पर्छ । बिहान यिनीहरुसंग अलिकति मिश्री मिसाएर पिन्ने र घीउसँंग सेवन गर्नाले पनि महिनावारीमा हुने समस्याहरु हट्छ ।