काठमाडौं । मदिरा, मृगौलाको समस्या, मोटोपना, औषधि, प्रोटिनयुक्त खाना, वंशाणुगत, थाइराइड र रगतको समस्याले गर्दा युरिक एसिड बढ्न सक्छ।
हाम्रो शरीरमा देखापर्ने एक विकारयुक्त पदार्थलाई युरिक एसिड भनिन्छ । शरीरमा नष्ट हुने अवस्थामा पुगेका कोषहरूमा रहेको न्युक्लिक एसिडबाट युरिक एसिड बन्दछ। युरिक एसिड जोर्नीमा जम्न थालेपछि यसको प्रभाव स्वरूप युरिक एसिड (बाथ) (गाइट) हुन्छ।
लक्षणहरू
१. जोर्नी दुख्ने
२. जोर्नी सुनिने
३. जोर्नी चलाउन नसकिने
४. ज्वरो आउने
५. मृगौलामा पत्थरी
६. दुखाइ राति सुतेको बेलामा धेरै हुन सक्छ आदि ।
समाधान गर्ने उपायहरू
चिसो बरफले जोर्नीलाई सेक्नुपर्छ ।
जोर्नीहरूलाई बढी प्रयोगमा नल्याउनु हुँदैन ।
प्रशस्त मात्रामा झोल पदार्थ (सुप, पानी) खानुपर्छ ।
रक्सी नखाने, औषधि प्रयोग नगर्ने ।
माछा–मासु कम खानुपर्छ ।
कफी, भिटामिन सी (अमला, काँक्रो, सुन्तला) प्रशस्त खानुपर्छ ।
मोटोपन घटाउनु जरुरी छ ।
नियमित किड्नीको परीक्षण गराउनुपर्छ ।
गेडागुडी कम खानुपर्छ । प्रशस्त पानी पिउनुपर्छ ।
सामान्य पुरुषको रगतमा युरिक एसिडको स्तर ७ मि. ग्राम प्रतिशतभन्दा कम हुनुपर्छ । त्यसैगरी सामान्य महिलाको रगतमा युरिक एसिडको स्तर ६ मि. ग्राम प्रतिशतभन्दा कम हुनुपर्छ ।