काठमाडौं- राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथग्रहण गुर्नुहुने भएको छ ।
राष्ट्रपतिमा निर्वाचित पौडेलले शपथ ग्रहणपछि आजै पदभार ग्रहण गर्नुहुने कार्यक्रम छ ।
निर्वाचित राष्ट्रपति पौडेलको शपथग्रहणका लागि राष्ट्रपति भवनमा विशेष समारोहको तयारी गरिएको छ ।
मुलुकको तेश्रो राष्ट्रपति निर्वाचित पौडेलले आज राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यतालिका तय भएको हो ।
कार्यतालिका अनुसार राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो एक बजे विशेष समारोहमा आयोजना गरिने भएको छ ।
संवैधानिक व्यवस्था अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने छ ।
शपथग्रहण लगत्तै नवनिर्वाचित राष्ट्रपति पौडेलले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । शपथ र पदभार ग्रहण गरेसँगै राष्ट्रपतिमा निर्वाचित हुनुभएका पौडेल निजी निवास बोहराटारबाट शिलत निवास सर्नुहुनेछ ।
राष्ट्रपति कार्यालयका अनुसार नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहणपछि निवर्तमान हुनुहुने राष्ट्रपति विद्यादेवी भण्डारीले करिब साढे एक बजे राष्ट्रपति भवन छोड्नु हुनेछ ।
राष्ट्रपति भण्डारी शीतलनिवासबाट बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित निजी निवासमा सर्नुहुने छ ।