काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फराकिलो जित निकालेको छ ।
बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गोल गरे ।
खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दा अर्जेन्टिनाले सुरुआती अग्रता बनायो ।
२३ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
खेलको ३३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिना ३-० ले अघि रह्यो ।
एन्जो फर्नान्डेजले ३५ औं मिनेटमा गोल गर्दा अर्जेन्टिना ४-० ले अगाडी रह्यो ।
खेलको ३७ औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ५-० को अग्रता दिलाए ।
मेस्सीले अर्जेन्टिनाका लागि १०० गोल समेत पूरा गरे ।
खेलको ७८ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दा अर्जेन्टिना ६-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा गोन्जालो मोन्टिलले गोल गर्दा अर्जेन्टिना ७-० ले विजयी भयो ।