काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको छ ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ । अडियो सार्वजनिक बाहिरिएपछि रास्वपाले छानबिन गर्ने भएको छ ।
यस्तो छ प्रसाईं र श्रेष्ठले गरेको कुराकानीको अंश :
ढाकाप्रसाद– मुकुलजीलाई त थाहा छैन सर यो । मुकुलजी पनि कोर टिममा हुनुहुन्न के…
दुर्गा– ए ।
ढाकाप्रसाद– बाहिर त महामन्त्री नै हो । अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई तीन जना चाहि छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षण देखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि ।
दुई-साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन् । पछि चेक दिएँ भनेपनि मान्छन् एक-दुई दिन…
दुर्गा– यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नी हैन?
ढाकाप्रसाद– अँ.. मैले रवि सरलाई भन्दा पनि रवि सरलाई देखापर्नुभएको छैन । बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो । पार्टीलाई जान्छ भनेका छन् क्यार ।