काठमाडौं । कोलकत्ता नाईट राईडर्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)को ३६ औं खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरमाथी लगातार दोस्रो जित निकालको छ ।
बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा कोलकत्ता २१ रनले विजयी भएको हो । यस सिजन बेंग्लोरविरुद्धको पहिलो भेटमा कोलकत्ता ८१ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।
कोलकत्ताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्र बनायो ।
बेंग्लोरका लागि कप्तान विराट कोहलीले ३७ बलमा ६ चौकाको सहयोगमा ५४ रन बनाए । महिपाल लुमरोका १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए ।
दिनेश कार्तिकले १८ बलमा २२ रन बनाउँदा सुयश प्रभुदेशाई ९ बलमा १० रन बनाए ।
कोलकत्ताका लागि वरुण चक्रवर्तीले ३ तथा आन्द्र रसेल र सुयश प्रभुदेशाईले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो ।
कोलकत्ताका लागि ओपनर जेसन रोयले २९ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । ओपनर नारायण जगदिशनले २९ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाएका थिए ।
राम्रो सुरुआत गरेको कोलकत्ताका लागि दुई ओपनरले पहिलो विकेटका लागि ५६ बलमा ८३ रनको साझेदारी गरेका थिए । बेंग्लोरका लागि १० औं ओभरमा विजयकुमार बैशाखले २ विकेट लिएसँगै बेंग्लोरले खेलमा फर्कने कोशिश गरेको थियो ।
तर, तेस्रो विकेटका लागि नितिश राणा र वेंकटेस अय्यरले ८० रनको सानदार साझेदारी गरेका थिए । कप्तान राणाले २१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४८ रन बनाएका थिए ।
अय्यरले २६ बलमा ३ चौकाको सहयोगमा ३१ रन बनाएका थिए । रिंकु सिंहले १० बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित १८ रन बनाएका थिए । डेबिड बिजे ३ बलमा १२ रनमा अविजित रहेका थिए ।
कोलकत्ताले पछिल्लो पाँच ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएको थियो ।
बेंग्लोरका लागि विजयकुमार बैशाख र वानिन्दु हसरंगाले समान २/२ तथा मोहम्मद सिराजले १ विकेट लिएका थिए ।
कोलकत्ता लगातार हारको शृंखला तोडेको छ । कोलकत्ता पछिल्लो चार खेलमा लगातार पराजित हुँदै आएको थियो ।
आजको जित पश्चात कोलकत्ताको आठ खेलमा तीन जित र पाँच हारका साथ सातौं स्थानमा रहेको छ ।
बेंग्लोर आठ खेलमा चार जित र चार हारका साथ अंक तालिकाको पाँचौं स्थानमा कायम रहेको छ ।