काठमाडौंं । कोलकत्ता नाईट राईडर्सले भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल)मा सनराईजर्स हैदराबादलाई हराएको छ ।
हैदराबादको घरेलु मैदान राजिब गान्धि अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा कोलकत्ता ५ रनले विजयी भएको हो ।
कोलकत्ताले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।
हैदराबादका लागि कप्तान एडेन माक्ररमले ४० बलमा ४ चौकाको सहयोगमा ४१ रन बनाएका थिए । हेनरिक क्लेशनले २० बलमा १ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए ।
अब्दुल समादले १८ बलमा ३ चौकाको सहयोगमा २१ रन बनाए । राहुल त्रिपाटीले ९ बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए । मंयक अग्रवालले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए ।
भैबभ अरोरा र शार्दुल ठाकुरले २/२ तथा हर्षित राणा,अनुकुल रोय,वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाए ।
कोलकत्ताका लागि रिंकु सिंहले ३५ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । कप्तान नितिश राणाले ३१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए ।
कोलकत्ताका लागि सुरुआत भने राम्रो हुन सकेन । दोस्रो ओभरमा दुई विकेट गुमाएको कोलकत्ताले चौथो विकेटका लागि कप्तान राणा र रिंकु सिंहले ६१ रनको साझेदारी गरे ।
आन्द्रे रसेलले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २४ रन बनाए । जेसन रोयले १९ बलमा २० रन बनाए ।
हैदराबादका लागि मार्को यानसन र टी नटराजनले समान २/२ तथा भुवनेश्वर कुमार,कार्तिक त्यागी,एडेन माक्ररम र मंयक मारकण्डेले समान १/१ विकेट लिएका थिए ।
दश खेलमा चार जित तथा छ हारका साथ कोलकत्ता १० टोली सहभागी लिगमा आठौं स्थानमा कायमै रहेको छ ।
नौ तीन जित र छ हारका साथ अन्तिमबाट दोस्रो स्थानमा कायम रहेको छ ।