काठमाडौं । नेपाल सरकारको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमा नवनियुक्त राज्यमन्त्री विमला विकले केपी ओलीको चकडी गरेर आफु राज्यमन्त्री नभएको अभिव्यक्ति दिएकि छिन् ।
काठमाडौंमा शनिबार बर्दीयाली जनताले राज्यमन्त्री विकलाई बधाइ तथा सम्मान प्रकट गर्दै एक औपचारिक कार्यक्रम को आयोजना गरेको थियो जसमा बोल्दै मन्त्री बिकले भनिन् , कतिपय व्यक्तिमा केपी ओलीको चाकडी गरेर मैले राज्यमन्त्रीको पद पाएको भम्र होला तर मेरो योग्यता क्षमता र स्वाभिमानले गर्दा म राज्यमन्त्री होइन फुल मन्त्रीकै लागि योग्य थिए तर मुलुकको संकटका लागि मैले नेत्रित्वलाई सहयोग गर्नु पर्छ भन्दै यो पद सहजै स्विकार गरेको हो ।
प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेसँगै सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए । रिक्त मन्त्रालय विस्तारका क्रममा शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् । सोही क्रममा बर्दीयाबाट प्रतिनिधीसभा सदस्य समेत रहेकी विकलाइ राज्यमन्त्री नियुक्ती गरिएको थियो ।
१४ वर्षको उमेर देखि राजनिती क्षेत्रमा लागेगक राज्यमन्त्री बिक २० वर्ष लामो राजनितीक अनुभव रहेको बताउछिन् । २० वर्ष लामो कम्युनिष्ट राजनीतीमा कुनै पनि नेताको चाकडी नगरेको बताउछिन् । उनले भनिन् '३ वर्ष संसदमा बस्दामैले खेलेको भूमिका र निती कानुन बनाउने समयमा मैले जनताको पक्षमा राखेका कुराहरु, सरकारका कमीकम्जोरीहरु सबै, जनता र देश प्रतिको मेरो लगाब सँग प्रभावित बनेर प्रधानमन्त्रि केपी शर्मा ओलीले मलाई खोज्दै आउँनु भएको हो मैले उँहालाई पदका लागि खोज्दै गएको हैन ।' प्रधानमन्त्री ओलीले यो मान्छेले मैकापाएपछि देशका लागि केहि गर्छ भन्ने सोचका साथ यो पद उनलाई दिएको बताइन ।
घेराबन्दीमा परेर सरकार बिगठन हुन पुग्यो कोहि पनि कसैको दबाबमा नआएर आगामी चुनावमा अगाडी बढ्न जनतालाई उनले आवहान समेत गरिन । राज्यमन्त्री विक भन्छिन् 'हिजो सांसदमा हुँदा ३ वर्षको कार्यकाल सम्म सदैब जनता र देशप्रति नै समर्पित भए सरकारले कुन विश्वास र भरोषाका साथ मलाई यो पद दिएको छ त्यसलाई अवश्यक पुरा गर्नेछु ।'
प्रतिनिधीसभा सदस्य शान्ता चौधरी भन्छिन् ,'यो पद भन्दा पनि फुल मन्त्रीको दाबेदार हो राज्यमन्त्री बिक ।' सासँदमा महिलाबिरुद्ध, जातियहिसां र बर्दियाली जनताको हकहितका लागि आवज उठाइरहने बिमला जी सबैको प्रिय मान्छे समेत रहेको सदस्य चौधरीले बताइन् ।
सरकारले गरेका नयाँ र राम्रा काम धेरै छन् हामीले जनता समक्ष ती कामहरु लैजान सकेनौं पार्टी भित्रकै साथीहरुले ती राम्रा कामहरु ओझेलमा पारेको प्रतिनिधीसभा सदस्य शान्ता चौधरी बताउछिन् ।