झापा- अधिक बस्तुहरु भारतबाट आयात हुने नेपालमा यस बर्ष चिया निर्यातमा भने बृद्धि भएको छ । झापाको मेची भन्सार कार्यालय मार्फत यस बर्ष झण्डै साढे ३ अर्ब मुल्यको चिया निर्यात भएको छ ।
अघिल्लो बर्ष भन्दा आर्थिक बर्ष २०७९-०८० मा १६ प्रतिशतले चिया निर्यात बढेको हो । आर्थिक बर्ष २०७८-०७९ मा १ करोड १७ लाख १३ हजार ६ सय ५९ केजी चिया निर्यात भएको थियो । तर गएको आर्थिक बर्षमा १ करोड ६० लाख ७८ हजार ६३ केजि चिया निर्यात भएको मेची भन्सार कार्यालयले जानकारी दिएको छ ।
मुल्यको हिसाबमा गएको आर्थिक बर्षमा ३ अर्ब ४२ करोडको चिया निर्यात भएको छ । नेपालमा सवै भन्दा धेरै चिया उत्पादन हुने झापामा मात्र ४ अर्ब बढी मुल्यको चिया उत्पादन हुँदै आएको राष्ट्रिय चिया तथा कफि विकास बोर्ड झापाले जानकारी दिएको छ ।