दाङ- भारी बर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासी बाढी आउन सक्ने खतरा रहेको भन्दै सतर्क रहन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी बर्षा भएका कारण राप्ती र बबई नदी लगायत अन्य खोलाहरुको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको हो ।
दाङको बगासोगी, लालमटीया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा र प्यूठानको विजुवार, मारीखोला, हंसपुर र आसपासका धेरै स्थानमा भारी बर्षा भएको जनाएको छ । दाङ र प्यूठानका खहरे खोलामा समेत बाढी आउन सक्ने भएकाले दिउँसो सम्म सतर्क रहन आग्रह गरिएको हो ।
![](https://nepaltvonline.com/wp-content/uploads/2023/07/362481624_3200885550210178_3943610620799977928_n.jpg)
![](https://nepaltvonline.com/wp-content/uploads/2023/07/362496795_607880834864843_3583158618161335500_n.jpg)
![](https://nepaltvonline.com/wp-content/uploads/2023/07/362485214_6200232993436598_729461576080162855_n.jpg)