काठमाडौं । क्रिस्टियानो रोनाल्डो विश्व प्रतिष्ठित फुटबल अवार्ड वालेन डी ओरको प्रारम्भिक सूचीमै परेनन् ।
आयोजक संस्थाले बुधबार राति अवार्डका लागि प्रारम्भिक खेलाडीको सूची सार्वजनीक गर्दा रोनाल्डो नपरेका हुन् ।
सन् २००३ पछि पहिलो पटक रोनाल्डो प्रारम्भिक सूचीमा नपरेका हुन् । रोनाल्डो ५ पटक यस अवार्डका विजेता हुन् । उनी अहिले साउदी क्लब अल नासिरबाट ब्यवसायीक फुटबल खेलिरहेका छन् ।
३० खेलाडीको प्रारम्भिक सूची सार्वजनीक गर्दा म्यानचेस्टर सिटीका ७ खेलाडीले स्थान बनएका छन् । जसमा प्रिमियर लिग खेल्ने १२ खेलाडी समावेश छन् ।
लियोनल मेस्सीलाई समावेश गर्दै आयोजकले प्रारम्भिक सूची सार्वजनीक गरेको हो । विश्व विजेता मेस्सी आठौं पटक वालोन डी ओर जित्न सक्ने सम्भावित खेलाडीको रुपमा हेरिएको छ ।
म्यानचेस्टर सिटीलाई युरोपमा ट्रेबल उपाधि जिताएका कीर्तिमानी गोलकर्ता हालान्डदेखि केभिन डी ब्रुइन, रुबिन डायस, विश्व विजेता जुलियन अल्भारेज, बर्नान्डो सिल्भा, रोड्री र जोस्को ग्वार्डिओल सूचीमा परेका छन् । यसै सिजन बार्सिलोना गएका गुन्डोगन समेत प्रारम्भिक नामावलीमा अटाएका छन् ।
इङ्ल्याण्डको राष्ट्रिय टिमका ह्यारी केनदेखि जुड बेलिङ्घम र बुकायो साका समेत प्रारम्भिक सूचीमा छन् ।
प्रारम्भिक खेलाडीको सूची :
जोस्को ग्वार्डिओल – म्यानचेस्टर सिटी
जमाल मुसियाला – बायर्न म्युनिख
आन्द्रे ओनाना – म्यानचेस्टर युनाईटेड
करिम बेन्जिमा – अल इत्तिहाद
मोहमद सलाह – लिभरपुल
बुकायो साका – आर्सनल
केभिन डी ब्रुइन – म्यानचेस्टर सिटी
जुड बेलिङघम – रियल मड्रिड
रेन्डल कोलो मुआनी – पीएसजी
बर्नार्डो सिल्भा – म्यानचेस्टर सिटी
ख्विचा क्वारत्सखेलिया – नापोली
निकोलो बरेला – इन्टर मिलान
एमिलियानो मार्टिनेज – एस्टन भिल्ला
रुबेन डायस – म्यानचेस्टर सिटी
एर्लिङ हालान्ड – म्यानचेस्टर सिटी
मार्टिन ओडेगार्ड – आर्सनल
इलके गुन्डोगन – बार्सिलोना
यासीन बौनौ – सेभिल्ला
जुलियन अल्वारेज – म्यानचेस्टर सिटी
भिनिसियस जुनियर – रियल मड्रिड
रोड्री – म्यानचेस्टर सिटी
एन्टोनी ग्रिजम्यान – एट्लेटिको मड्रिड
लियोनल मेस्सी – इन्टर मियामी
लुटोरो मार्टिनेज – इन्टर मिलान
रोबर्ट लेवान्डोस्की – बार्सिलोना
किम मिन जे – बार्यन म्युनिख
लुका मोड्रिक – रियल मड्रिड
केलियन एमबाप्पे – पीएसजी
ह्यारी केन – बायर्न म्युनिख
विक्टर ओसिम्हेन – नापोली