एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेल्न युभेन्ट्सले स्पेजियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन अल्भारो मोराटा, फेडरिको चिइसा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको युभेन्ट्सले ६२ औं मिनेटमा मोराटाको गोलबाट अग्रता बनाएको थियो ।
खेलको ७१ औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्ट्सको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा रोनाल्डाले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए । यस्तै खेलको इन्जुरी समयमा स्पेजियाका एन्ड्रीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
यस गोलसँगै रोनाल्डोले सिजनको २० औं गोल पुरा गरेका छन् ।
र, रोनाल्डोले युरोपको शीर्ष पाँच लिगमा लगातार १२ सिजन २० भन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
यस्तै रोनाल्डोले यस खेलसँगै ६०० औं लिग खेलको कोशेढुंगा समेत पूरा गरेका छन् ।
स्पेजियामाथिको जितसँगै युभेन्ट्सले लिगको शीर्ष दुई क्लबसँगको अंक दुरी गताउँ सफल भएको छ ।
तेस्रो स्थानको युभेन्ट्सले २४ खेलमा ४९ अंक जोडेको छ ।
स्पेजिया २५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।