पूर्वी नवलपरासी- नवलपुर जिल्लामा विशेषगरी चाडबाडको समयमा यात्रुहरुले पाउने दुखलाई केहिहद सम्म भएपनि कम गर्न ६ ठाउँमा सहायता कक्ष स्थापना गरेको छ । जसका कारण अहिले यात्रुहरुले आफुहरुलाई यात्रा गर्न पनि सहज भएको बताएका छन् ।
पूर्वी नवलपरासीको नवलपुर जिल्लामा दशै, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारी साधनमाथि निगरानी बढाउने उद्देश्यले नवलपुरको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो ।
चाडपर्वलाई लक्षित गरेर नवलपुर जिल्लाको गैँडाकोट– २ पुलको नजिक, देवचुली – १३ दलदले चोक, कावासोतीको फलफुल चोक, बिनय त्रिबेणी गाउँपालीकाको ज्यामीरे र बिनय त्रिबेणी गाउँपालीका , नेपाल भारत सिमानाका व्यारेजपुलमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरू भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसरी चाडबाडको बेला जनताको समस्यालाई प्रहरीले आफ्नै समस्या सम्झिएर ठाउठाउमा नागरीक यात्रु सहाएता कक्ष स्थापना गरिदिदा यात्रा गर्नलाइ सहज भएको र सरकाले तोके बमोजिम नै भाडादर भएको हुनाले कोहि पनि मारमा नपरेको यात्रुहरुले बताएका छन ।
चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने यात्रुको सुविधालाई मध्यनजर गर्दै प्रहरीले सडकमा निगरानी बढाएको हो ।
यात्राका क्रममा यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उदेश्यका साथ ठाउँठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याइएको प्रवक्ता पौडेलले बताउनुभयो ।
विशेषगरी चाडबाडको समयमा यात्रुहरुले पाउने दुखलाई केहिहद सम्म भएपनि कम गर्न नवलपुरको प्रहरी प्रसाशन लागि परिरहेको छ यसरी नै देशैभर ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याउने र त्यसको सहि सदुपयोग भयो भने मात्र प्रभावकारीता बढ्ने देखिन्छ ।।