काठमाडौं । टी ट्वान्टी त्रिकोणात्मक सिरिजको नामिबियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
शुक्रबार सिरिजको महत्वपुर्ण खेलमा नेपालले नामिबियाविरुद्ध टस हारेको छ ।
कीर्तिपुर मैदानमा नामिबियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाललाई ब्याटिङ्गमा बोलाएको छ ।
मुख्य प्रशिक्षक मोन्टी देसाईले ओपनरमा कुशल भुर्तेललाई आराम दिएका छन् । पछिल्ला दुई खेलमा शुन्य रनमा आउट भएका भुर्तेल बेन्चमा बसेका छन् ।
नेपालको प्लेईङ सेटमा आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अबिनाश बोहोरा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, करन केसी, अनिल साह, गुलसन झा र दीपेन्द्र सिंह ऐरी छन् ।
सिरिजको फाइनल पुग्ने सम्भावनालाई जिवितै राख्न नेपाललाई जित्नैपर्ने दबाब छ ।
सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हार ब्यहोरेको थियो ।