काठमाडौं । त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३ बल बाँकी छदै १ सय २० रनमा अलआउट भएको छ ।
प्रतिस जिसी, करन केसी, कुशल मल्ल चम्किएको खेलमा नेदरल्याण्ड्स सस्तैमा समेटिएको हो ।
प्रतिसले ३ तथा करन र कुशलले समान २ विकेट लिए । दीपेन्द्र सिंह ऐरीको नाममा एक विकेट रह्यो ।
नेदरल्याण्ड्सका मेक्स ओडाडले बनाएको ३१ रन ब्यक्तिगत सर्वाधिक स्कोर रह्यो । नेदरल्याण्ड्सका रुलोफ वान डेरले अविजित २३ तथा टिम वान डेरले २४ रन बनाए ।
अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन ।
नेदरल्याण्ड्सले ६० रन बनाउन महत्वपुर्ण ६ विकेट गुमाएको थियो ।
करनले पहिलो ओभरमै दुई विकेट लिदै नेपाललाई शानदार सुरुवात दिलाएका थिए । करनले माइकल लेविट र साइब्रान्ड एनगेलब्रेक्टलाई आउट गरेका थिए ।
त्यसपछि ठुलो स्कोरतर्फ अघि बढेका मेम्स ओडाड र स्काट एडवर्ड्सलाई बोल्ड गर्दै प्रतिसले खेल नियन्त्रणमा लिएका थिए । उनले तेजा निदामानुरुलाई समेत बोल्ड गरे ।
त्यसपछि बलिङमा आएका अलराउण्डर कुशल मल्लले आर्यन दत्त र नुह क्रोसलाई आउट गरेपछि नेपालले नेदरल्याण्ड्सका मुख्य ब्याट्सम्यानलाई आउट गरेको हो ।
दीपेन्द्रले टिम वार डेनलाई सोमपाल कामीको हातबाट क्याच आउट गराउँदा पुछारका विवियन किंग्मा र काइल क्लेन रन आउट हुन पुगेका थिए ।
नेपाललाई सिरिजको फाइनल पुग्न नेदरल्याण्ड्सलाई जित्नैपर्ने दबाब छ । लिग चरणको अन्तिम खेलमा जित निकाल्दै नेपाल फाइनलका लागि तयार रहन चाहन्छ ।
प्रतियोगितामा नेपाल सहित नेदरल्याण्ड्स र नामिबिया समावेश छन् । विश्वकप लिग टू खेल्न आएका दुई टिमलाई समावेश गर्दै नेपालले टी ट्वान्टी सिरिज आयोजना गरेको होे ।
नेदरल्याण्ड्स ४ अंक सहित शीर्ष स्थानमा छ । लिग चरणका दुवै खेल नेदरल्याण्ड्सले जितेको छ । नेपाल र नामिबिया समान एक जित सहित २ अंक जोडेर क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।
शीर्ष दुई टिमले सिरिजको फाइनल खेल्नेछन् ।