रुपन्देही- ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) सुरु भएको छ । सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा जन्मस्थल लुम्बिनीमा शान्ति र समृद्विलाई केन्द्रमा राखेर सम्मेलन लुम्बिनिमा शुरू भएको हो ।
सम्मेलनको उदघाटन गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्रै नभई बौद्ध दर्शनको उद्गम भूमि रहेको बताउनुभो । उहाँले बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनामा महत्वपूर्ण भुमिका खेलेकाले विश्वशान्तिका लागि बौद्ध शिक्षा अंगिकार गर्नुपर्ने बताउनुभयो ।
परराष्ट्रमन्त्री श्रेष्ठले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान पनि रहेको समेत उहाँको भनाइ छ । परराष्ट्र मन्त्री श्रेष्ठले नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बीचमा रहेको बताउँदै विश्वमा देखिएको द्वन्द्वलाई धुव्रिकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने बताउनु भयो ।
उहाँले विश्वमा देखापरेको द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको भन्दै परराष्ट्रमन्त्री श्रेष्ठले ’शान्ति र समृद्विका लागि लुम्बिनीको विकल्प अरु हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), पूर्वमन्त्री देवेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो । सम्मेलन शुभारम्भमा लुम्बिनी म्यूजियम ईनेसियिटिभका संस्थापक तथा कार्यकारी निर्देशक सुम्मिना उदासले प्रस्तुती राख्दै बुद्ध जन्मस्थल लुम्बिनी विश्वका शान्ति मार्गीहरूको आस्थाको केन्द्र भएको बताउनुभयो ।
सम्मेलनमा बुद्विजम आर्ट ईन नेपलिजम प्रोफेर डा. नरेश शाक्य, पदम ज्योतीले बोल्दै लुम्बिनिमा गैरआवासीय राजदुहरूलाई स्वागत गर्नुभएको थियो । सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूतहरु एकैपटक लुम्बिनीमा आएर बुद्व, शान्ती र समृद्विका बिषयमा छलफलमा सहभागी भएका छन् ।
सम्मेलन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लाटभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका लगायतका गैरआवासीय राजदूतहरू सहभागी छन् ।
सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिने जनाईएको छ ।