काठमाडौं- बेलायतका लगभग पाँच मध्ये एक शिक्षक आफु विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताउँछन् । विद्यालयहरू महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँग जुधिरहेको सार्वजनिक सर्वेक्षण रिपोर्टले खुलासा गरेको हो ।
शिक्षा प्रमूख अमाण्डा स्पिलम्यानले गत वर्ष कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरुप राष्ट्रव्यापीरूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टसँगै यो निष्कर्ष आएको हो ।
बेलायतका विद्यालय निरीक्षण एजेन्सीका निवर्तमान प्रमुख अफस्टेडले शिक्षक र अझ बढी प्रधानाध्यापकको अत्यधिक समय लिइरहेको यो समस्याको समाधान हुन वर्षौँ लाग्ने बताउनुभयो ।
‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले फेब्रुअरी र मार्चमा गरेको करिब नौ हजार विद्यालय कर्मचारीहरूको सर्वेक्षणमा पनि तीस प्रतिशत शिक्षकहरूले अघिल्लो हप्ता विद्यार्थीहरू शिक्षकसँग झगडा गरिरहेको देखेको बताएका थिए ।
एघारदेखि अठार वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन अनुभव गरेको बताएका थिए ।
शिक्षक सङ्घ (एनएएसयुडब्लुटी) ले कर्मचारीहरूले अत्यधिक तनाव अनुभव गरिरहेको भन्दै हडताल गर्ने सोच बनाइरहेको छ । सङ्घले आफ्ना सदस्यसँग तलब, कामको बोझ र उनीहरूको कल्याणका विषय नवीकरण गर्ने औद्योगिक कारबाहीका लागि परामर्श गरिरहेको र आगामी दिनमा नतिजा घोषणा गर्ने बताएको छ ।
एनएएसयुडब्लुटीका महासचिव प्याट्रिक रोचले भन्नुभयो, “बेलायतका शिक्षकहरूले कामको अत्याधिक बोझ र तनाब अनुभव गरिरहेका छन् । उनीहरूको अधिकारमा सुधार नगरी उनीहरू अघि बढ्न सक्दैनन् ।”