काठमाडौँ। लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई पराजित गरेको छ।
शनिबार सम्पन्न खेलमा लखनउले पञ्जाबलाई २१ रनले पराजित गरेको हो। जारी सिजनमा लखनउको यो पहिलो जित हो। लखनउ पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो।
लखनउले दिएको २०० रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्रै बनाउन सक्यो।
पञ्जाबका कप्तान शिखर धावनले सर्वाधिक ७० रन बनाए। ६० बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे।
जोनी बेयरस्टो ४२ र प्रभसिमरन सिंह १९ रनमा आउट हुँदा लियम लिविंगस्टन २८ र शशांक सिह ९ रनमा अविजित रहे।
लखनउका मयंक यादवले सर्वाधिक ३ विकेट लिए। मोहसिन खानको नाममा २ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनायो।
लखनउका क्विन्टन डि काकले सर्वाधिक ५४ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
कप्तान निकोलस पूरन ४२, मार्कस स्टझयनिस १९ र केएल राहुल १५ रनमा आउट हुँदा क्रुणाल पाण्ड्या ४३ रनमा अविजित रहे।
पञ्जाबका सैम करनले सर्वाधिक ३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिँदा कगिसो रबाडा र राहुल चाहरको नाममा १/१ विकेट रह्यो।