काठमाडौँ। साबिक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा चेन्नईले दिल्लीलाई २० रनले पराजित गरेको हो।
जितसँगै दिल्लीले ३ खेल खेल्दै तालिका २ अंक जोडेको छ। चेन्नईको समान खेलबाट ४ अंक रहेको छ।
दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो।
चेन्नईका अजिंक्य रहाणेले सर्वाधिक ४५ रन बनाए। ३० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
डैरिल मिचेल ३४ र शिवम दुबे १८ रनमा आउट हुँदा महेन्द्रसिंह धोनी ३७ र रविन्द्र जडेजा २१ रनमा अविजित रहे।
दिल्लीका मुकेश कुमारले सर्वाधिक ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले २१ रन खर्चिए। खलिल अहमदले २ विकेट लिँदा अक्षर पटेलको नाममा १ विकेट रह्यो।
त्यसअघि जित टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको हो।
दिल्लीका ओपनर डेविड वार्नरले सर्वाधिक ५२ रन बनाए। ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे।
कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए। पृथ्वी शा ४३ र मिचेल मार्स १८ रनमा आउट हुँदा अक्षर पटेल ७ रनमा अविजित रहे।
चेन्नईका मथिशा पथिरानाले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए। मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाको नाममा १/१ विकेट रह्यो। हासिल गरेको छ।