काठमाडौँ। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा हैदराबादले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो।
चेन्नईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। हैदराबादका एम मारक्रमले सर्वाधिक ५० रन बनाए। ३६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।
अभिषेक शर्मा ३७, ट्रेविस हेड ३१ र शाहबाज अहमद १८ रनमा आउट हुँदा हाइनरिक क्लासन १० र नितिशकुमार रेड्डी १४ रनमा अविजित रहे।
चेन्नईका मोइन अलीले सर्वाधिक २ विकेट लिए। दीपक चाहर र महिश थीक्षणाको नाममा १/१ विकेट रह्यो।
त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो।
चेन्नईका शिवम दुबेले सर्वाधिक ४५ रन बनाए। २४ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे।
अजिंक्य रहाणेले ३५,कप्तान ऋतुराज गायकवाड २६, डेरिल मिचेल १३ र रचिन रविन्द्र १२ रनमा आउट हुँदा रविन्द्र जडेजा ३१ र महेन्द्रसिंह धोनी १ रनमा अविजित रहे।
हैदराबादका भुवनेश्वर कुमार, शाहबाज अहमद, थांगारासु नटराजन र जयदेव उनादकटले १/१ विकेट लिए।