दाङ- लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीकाे नाम कांग्रेस-एमालेले टुंगाे लगाएका छन । पार्टी केन्द्रीय समितिले दिएकाे नामावलीकाे आधारमा दुवै पार्टीले मन्त्रीहरुकाे नाम टुंगाे लगाएका हुन् ।
नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने चार जना मन्त्रीकाे नाम टुंगो लगाएको छ । अघिल्लो सरकारमा मन्त्री बनेका दुई जनालाइ दाेहाेर्याइएको छ भने दुई जना नयाँ अनुहारलाई मन्त्रिमा स्थान दिइएको छ ।
कांग्रेस-एमाले समिकरणका आधारमा लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनिसक्नु भएको छ । उहाँकाे क्याविनेटमा एमालेकाे तर्फबाट गुल्मीका दिनेश पन्थी, रूपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू र दाङ बाट सीता चाैधरी शर्मालाई मन्त्रीकाे रुपमा सहभागी हुनुहुने छ । पन्थी अघिल्लो सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री र ढकाल खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री हुनुहुन्थ्यो ।
कांग्रेसले पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीकाे नाम टुंगाे लगाएकाे छ । बर्दिया जिल्लाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाकाे नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने जनाइएको छ ।
गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा(राेज राणा), दाङका प्रचण्ड विक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीकाे नाम मन्त्रीकाे रुपमा टुंगिएकाे जनाइएको छ ।
नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखकाे कार्यालयमा सपथग्रहण गर्ने कार्यक्रम छ । सुरुमा मन्त्रीहरुले विना विभागिकाे रुपमा सपथ लिने र पछि जिम्मेवारी ताेकिने बताइएको छ ।