काठमाडौं। हार्दिक पाण्ड्याको अलराउन्ड इनिङ्ससँगै भारतले घरेलु टोली श्रीलंकाविरुद्धको ट्वान्टी-२० शृंखला एक खेलअगावै जितेको छ।
आइतबार राति भएको खेलमा श्रीलंकालाई डिएलएस पद्दतिमा सात विकेटले पराजित गर्दै भारतले शृंखला सुरक्षित गरेको हो। भारत पहिलो खेलमा ४३ रनले विजयी भएको थियो। अन्तिम खेल सोमबार बेलुका हुनेछ।
श्रीलंकाले १६२ रनको लक्ष्य दिएको थियो। तर, वर्षका कारण खेल प्रभावित भएपछि भारतले आठ ओभरमा ७८ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याएको भारतले तीन विकेट गुमाउँदै ६.३ मा ८१ रन बनाएको हो।
भारतका यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए। कप्तान सुर्यकुमार यादवले २६ रन बनाउँदा हार्दिक पाण्ड्याले ९ बलमा २२ र ऋषभ पन्त दुई रनमा अविजित रहे।
श्रीलंकाका वानिन्दु हसरंगा, माथीशा पाथिराना र महेश थेक्षानाले समान एक विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ थालेको श्रीलंकाले कुसर परेराको अर्धशतकीय इनिङ्समा निर्धारित २० ओभरमा खेल्दै नौ विकेट गुमाएर १६१ रन बनाएको थियो।
परेराले ५३ रन प्रहार गरे। पथुम निसांन्का ३२, कामिन्दु मेन्डिस २६, चरित असालान्का १४, रमेश मेन्डिस १२ र कुसल मेन्डिस १० रनमा आउट भए।
भारतका रवि बिश्नोईले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र हार्दिक पाण्ड्याको नाममा समान दुई विकेट रह्यो।