पोखरा । पोखरामा भदौ यता डेङ्गी सङ्क्रमण ६ गुणाले बढेको छ । यस वर्ष डेङ्गी सङ्क्रणबाट गण्डकी प्रदेशमा हताहति हुने क्रम बढ्दो छ ।
भदौको पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको हाराहारिमा रहेको र महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गी पुष्टि भएको हो । डेङ्गी सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन महाशाखाले आग्रह गरिएको छ ।
ेसङ्क्रमितको सङ्ख्या ३१ सय बढी पुग्न नदिई डेङ्गी रोकथाम गर्ने लक्ष्य लिइएको र उक्त लक्ष्य पूरा गर्न नसकिएको महाशाखाकाले जनाएको छ । पछिल्लो एक महिनामा डेङ्गी सङ्क्रमण ह्वात्तै बढेको छ । यही अवस्थाले बढिरयो र सावधानी नअपनाएसम्म डेङ्गी रोकथाम चुनौतीपूर्ण रहेको महाशाखाकाले जनाएको छ ।
पूरा शरीर ढाकिनेगरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।
एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गीको लक्षण भएकोले तुरुन्तै अस्पताल जाने ।
जनघनत्व बढी भएका ठाउँमा डेङ्गी छिटो फैलिने हुँदा महानगरको मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र बनेको हो । सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग लाग्नबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् ।