एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशलाई पराजित गरेको छ ।
डुनेडीनमा शनिबार भएको पहिलो एकदिवसीयमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो ।
बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य न्युजिल्याण्डले २१ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्याण्डको जितमा हेनरी निकोलसले अविजित रहदै ४९ रनको इनिङ्स खेले ।
यस्तै मार्टिन गुप्टिलले ३८ रन जोड्दा डेभोन कोनवेले २७ रन बनाए । विल योङ ११ रनमा अविजि रहे ।
बंगलादेशका हसन ममुद र तास्किन अहमेदले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो ।
बंगलादेशका लागि ममुदउल्लाहले सर्वाधिक २७ रन जोड्दा मुस्फिकर रहिमले २३ रन बनाए ।
लिटोन दासले १९, मेहेदी हसनले १४ र कप्तान तमिम इकबालले १३ रन बनाए ।
बंगलादेशलाई सस्तैमा समेट्न न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ विकेट लिए ।
जेम्स निशम र मिचेल स्टानरले २/२ विकेट लिए ।
जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।