काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित युनिग्लोब कलेजले अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ । यहि चैत ४ र ५ गते २ दिनसम्म सेमी भर्चुअल मोडेलमा सम्मेलन आयोजना गरिएको थियो ।
कार्यक्रममा अमेरिका, युके, फ्रान्स, स्लोभेनिया, मलेसिया, जापान, भारत लगायत २० वटा मुलुकको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रिसिन्पल एवं म्यानिजिङ डाइरेक्टर डा. नर बहादुर विष्टले कोभिड–१९ पछाडिको अर्थतन्त्रलाई उकास्न र त्यसको अध्ययनलाई निरन्तरता दिन यस्ता कार्यक्रम निकै फलदायी रहेको बताए । ‘हरेक वर्ष जस्तै यस वर्षपनि कार्यक्रमले निरन्तरता पायो, तर यसपाली सेमी भर्चुअल मोडेलको नयाँ अभ्यासबाट कार्यक्रमको आयोजना गरियो,’ उनले भने । हालसम्म युनिग्लोव कलेजले मात्र ८ पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको छ ।
कार्यक्रममा कन्फेरेन्सका अध्यक्ष एवं कलेजका शैक्षिक निर्देशक प्रा.डा.राधे श्याम प्रधानले यस्तो कार्यक्रम विभिन्न देशबीचमा सम्बन्ध विकास गर्ने र खोजमुलक अनुसन्धानप्रति विद्यार्थीको रुची बढ्नेछ भन्ने अभिप्रायले यो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताए ।
कार्यक्रममा विभिन्न २० राष्ट्रका प्राज्ञिक व्यत्तित्वहरुले आफ्नो विचार र अनुसन्धानहरु प्रस्तुत गरेका थिए । कलेजका कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले कार्यक्रममा १ हजार २ सय भन्दा बढिको सहभागिता रहेको बताए । साथै युनिग्लोव कलेजको यस प्रयासले विद्यार्थीहरुमा आत्मविश्वास बढाउने र क्षमता अभिवृद्धि गर्ने विश्वास प्रकट गरे ।
कलेजका प्राचार्य डा.नर बहादुर बिष्टले उक्त कार्यक्रममा बिबिए–बिआइ, एमबिए र एमबिए (फाइनान्स) मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पेपर प्रस्तुत गरेका थिए भने विदेशी विद्यार्थी, रिसर्च स्कलर लगायतले पनि रिसर्च पेपर प्रस्तुत गरेको थिए । यस पटकको कार्यक्रम कोभिड–१९ को कारणले सीमित विद्यार्थीहरुलाई भौतिक रुपमा कलेजमै बोलाएर र बाँकीलाई अनलाइन मार्फत सहभागिता गराएको बताए । कार्यक्रम भव्यताका साथ सम्मन्न भएको र नेपालमै पहिलो पटक शैक्षिक संस्थाको आयोजनामा २० राष्ट्रको सहभागितामा ऐतिहासिक भएको बताए ।