समृद्धा क.सी.
काठमाडौं- श्वाशप्रश्वाशको माध्यमबाट सर्ने कोरोना भाइरस रोगले फोक्सोमा आक्रमण गर्छ । संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमद्धारा एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा यो सर्दछ ।
कोभिड निकोभैसकेका बिरामीमा पूनः स्वास्प्रश्वासका समस्या देखापर्छ ?
विश्वको तथ्यांक हेर्ने हो भने सय प्रतिशत कोरोना संक्रमित मध्ये बिस प्रतिशत मात्र लक्षण सहितका बिरामी अस्पताल भर्ना भएका छन् । पन्ध्र प्रतिशत व्यक्तिहरु साधारण शैय्यामा अक्सिजन लिएर र पाँच प्रतिशत बिरामी फोक्सोमा गम्भिर समस्या ९निमोनिया० भएर भेन्टिलेटर कक्षमा उपचाररत छन् ।
छातीमा दाग देखिएका कोरोना संक्रमित बिरामीहरु फेरि पनि अस्पताल आइरहेका छन् । त्यस्ता व्यक्तिहरु खोकि लाग्ने, छाती भारि हुने, उकालो चढ्दा श्वास फेर्ने गाह्रो हुने जस्ता समस्या लिएर आउने गरेका छन् । आइसियूमा बसेका र फोक्सोमा धेरै दागहरु भएका व्यक्तिहरु अक्सिजन सहित घरमै पनि बसिरहेको अवस्था छ र परेको समयमा इन्हेलर पनि लिन सुझाब दिइरहेका छौ । कोभिड संक्रमित जसको छातीमा दाग वा प्वाल नै परेको छ त्यस्ता व्यक्तिहरुलाई पुनः कोभिडले मात्र नभएर अन्य रोग तथा भाइरसहरुले पनि छिट्टै आक्रमण गर्न सक्छ ।
कोभिड संक्रमणमुक्त भएपछि पनि केके कुरामा सावधानी अपनाउने ?
कोभिड मुक्त भइसकेका व्यक्तिहरु जसको छातीमा दागहरु छन् र अक्सिजनमा बसिरहनु भएको छ । त्यस्ता व्यक्तिहरु चिकित्सकको सम्पर्कमा रहिरहने र चिकित्सकको सल्लाह बमोजिक औषधी सेवन गर्ने, गाह्रो भएको अवस्थामा अस्पताल जाने र अन्य व्याक्टेरीयाले आक्रमण नगरोस भन्नका लागि निमोनिया र इन्फुल्जाको भ्याक्सिन लगाउने, धुम्रपान तथा मद्ययपान पूर्णरुपमा त्याग्ने, खानपानमा विशेष ध्यानदिने सकेसम्म भिटामीन युक्त खानामात्र खाने, प्रसस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्ने , पोषिलो र डेरी प्रोड्कका खाने कुरालाई बढावा दिने र स्वास्थ्यका मापदण्डहरु कडा रुपमा पालना गर्नुपर्छ ।
अनिवार्य माक्स र स्यानिटाईजरको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, होमआइसोलेसनमा बस्न जरुरी छ ।
कोभिडमुक्त भएका व्यक्तिले पुनः समस्या लिएर अस्पताल आउनु समान्य हो वा होइन ?
बिरामीको फोक्सोमा कत्ति असर गरको छ भन्ने कुराले यसमा अर्थ राख्दछ । बिरामीको फोक्सोको क्षमता कति घटेको भनेर पीएफडिबाट थाहा पाउन सकिन्छ । यदि थोरै काम गर्ने बितिकै पनि सास र्फेन गाह्रो हुन्छ भने अस्पताल आउनु पर्छ ।
कतिपय व्यक्तिहरु सास र्फेन गाह्रो भयो सुतेको बेला बिउँझिनु पर्छ सास नपुगे जस्तो भयो भनेर मनोबैज्ञानीक त्रासले गर्दा पनि अस्पताल आउँने गरेका छन् । जटिलखालका समस्या भएर अस्पताल आउँने गरेका पनि छन् जसको मृत्यु समेत भएको पनि छ ।
होमआइसोलेसनमा बसेका व्यक्ति जसलाई कुनै पनि लक्षण देखिएको छैन उनिहरु अस्पताल परिक्षणका लागि नआउँदा पनि हुन्छ । केहि महिना पछि पनि स्वास्थ्यमा केहि समस्या देखियो भने नजिकैको अस्पतालमा गएर चिकित्सकको सल्लाह बमोजिम उपचार गर्नु पर्छ ।
( त्रि.वी. शिक्षण अस्पताल महाजगञ्जका सह प्राध्यपक तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा।निरज बम सँगको कुराकानीमा आधारित)