-समृद्धा के.सी.
काठमाडौं- रंगहरुको पर्व होली हिन्दू धर्मालम्बीहरुका लागि एक विशेष पर्व हो । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाको दिन मनाइने प्रमुख चाड पनि हो । तर पछिल्लो समय होली खेल्ने बाहानामा विभिन्न बिकृतिहरु पनि भित्रिरहेका छन् ।
धार्मिक दुष्टिकोणबाट मात्र नभएर स्वास्थ्यका हिसाबले पनि होली खेल्नुका केहि सकारात्मक पक्षहरु रहेका छन् । होली खेल्दा मानिसहरुले विभिन्न किसिमका रंगहरुसँगै आफ्ना दुख पिडाहरु भुलेर रमाएरहेका हुन्छन् । तर लामो समय सम्म होली खेल्नु भने स्वास्थ्यका दुष्टिकोणले फाइदाजनक नरहेको विज्ञहरु बताउँछन् ।
खासगरि होलीमा खेलिने रंगहरु प्राकृतिक र कृत्रिम गरि दूई प्रकारमा हुने गर्दछन् । प्राकृतिक रंगहरु भन्नाले मेहेन्दी, फुलहरु जस्तै सयपत्रि, गेन्दा र बेसारबाट पाउँने रंगहरु पर्दछन् ।
कृत्रिम रंग भन्नाले केमिकलहरु मिसाए उद्योगमा बनाइने रसायनयुक्त रंगहरुलाई बुझिन्छ । प्रायः जसो बजारमा विभिन्न कलरहरुमा सजिलोसँग सस्तो मुल्यमा पाउँने रंगहरु नै कृत्रिम रंग हुन् । हामीले धेरै जसो होलीमा प्रायेग गरिने रंगहरु चाहि कृत्रिम रंग हुन्।
होलीमा खेलिने कृत्रिम रंगको असर
हामीले होलीमा विभिन्न प्रकारको रंगहरु प्रयोग गर्ने गर्दछौं जसले हाम्रो छालाामा धेरै खाले ससस्याहरु आउँन सक्छन् । यस्ता छन् होलीमा खोलिने रसायनयुक्त कृतिम रंगका असरहरुः
छाला फुट्ने ,
छाला सुख्खा हुने,
छाला धेरै रातो हुने ,
चिलाउने, एलेर्जी हुने ,
कसै-कसैमा धेरै चिलाउँदा चिलाउँदै पानीको फोका निस्किने समस्या पनि आउँन सक्छ ।
त्यस्तै कोहि व्यक्तिमा पहिलाबाट नै डन्डिफोर छ भने त्यसमा रंग पर्यो भने अझ डन्डिफोर बढ्दै जान सक्छ ।
कहिले काही रंग खेल्ने क्रममा सास लिदा रंग फोक्सोमा जान सक्छ जसले गर्दा श्वासप्रशवासमा विभिन्न खाले समस्याहरु आउँन सक्छन् ।
धेरै बेर रंग चलाइरहदा नङमा पसेर इन्फेक्सन पनि हुन सक्छ ।
रंगहरुमा के-के मिसावट गरिएको हुन्छ ?
कृत्रिम रंगहरु मानव शरीरमा नोक्सानी पुर्याउने धेरै किसिमका केमिकलहरु मिसावट गरि तयार पारिएको हुन्छ । आजभोलि धेरै प्रचलनमा रहेको टल्किने रंगहरुमा अत्याधिक मात्रामा सिलीका मिसाइएको हुन्छ जो हाम्रो स्वास्थ्यको लागि धेरै हानिकारक छ ।
यस्ता रंगहरुमा मिसाइएको केमिकलले छालामा मात्र नभएर भित्रि अंगहरु जस्तै किट्नी फेल गराउँने, छालाको क्यान्सर लगायत रगतमा पनि असर पुर्याउने हुन्छ जस्ता समस्याहरु ल्याउँने गर्दछन् ।
रंगले प्रायः सबै व्यक्तिहरुलाई असर पुर्याउने गर्छ । विशेष गरेर रंगले असर पुर्यायो त भन्ने कुरा चाहि रंगमा कति समय खेलियो भन्ने कुरामा निर्भर रहन्छ । लामो समयसम्म होली खोलियो त्यसमाथि पनि घाममा धेरै बस्यो भने पनि यसको असर धेरै हुदै जान्छ ।
होली खेल्दा हामीले बजारमा केमिकलयुक्त सस्तो मुल्यमा पाईने रंगहरु भन्दा पनि अर्गानिक फुलहरुबाट बनाइएको रंगहरु छनोट गर्नु पर्ने हुन्छ ।
होली खेल्नु अघि र पछि छालालाई कसरी सरक्षित राख्ने ?
होली खोल्ने नै हो भने त्यसले स्वास्थ्यमा असर नगरोस भन्नका लागि त्यसकै बिहान तिर सजिलैसँग पाउँन सकिने नरिवलको तेल कपाल देखि लिएर रंग पर्न सक्ने सबै भागमा मज्जाले लगाउँने, नङमा हामीले रंगको असर नहोस भन्नका लागि नेलपोलिस पनि लगाउँन सक्छौं । त्यसै फुल कपडाहरु लगाउँनु पर्छ । मोइस्चराइजर र सन्सक्रिमको प्रयोग पनि उतिकै आवश्यक छ ।
कहिलेकाही हामीले नचाहादा-नचाहादै पनि होलीको समयमा रंग आँखा वा मुखमा पनि पर्न सक्छ त्यस्तो अवस्थामा हामीले आँखामा रंग गयो भने चिसो पानीले मज्जाले आँखा पखाल्ने तर धेरै मात्रामा नरगड्ने , साबुन वा डिटोरजेन्टले भने धुनु हुदैन । त्यति गर्दापनि आँखा रातो हुदै गयो वा अन्य केहि समस्या देखियो भने सकेसम्म छिट्टो सम्बन्धित चिकित्सकलाई देखाउँनु पर्ने हुन्छ ।
होली कसरी सुरक्षित भएर खेल्ने ?
होली खेल्नु अघि माथि उल्लेख गरे अनुसार नरिवलको तेलले रंग पर्न सक्ने अंगहरुमा मसाज गर्ने त्यस्तै सकेसम्म सम्पुर्ण शरीर ढाक्ने कपडा लगाएर सुरक्षितका साथ होली खेलनु पर्ने हुन्छ ।
अहिलेको कोरोना माहामारीको अवस्थामा सरकारले पनि होली नखेल्ने वा खोल्नै परे पनि घरपपरिवारसँग स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न भनेको छ ।
त्यस्तै रंगहरुको छनोट गर्दा अलि अगार्निक रंगहरुको छनोट गर्ने, कालो, टल्किने रंगहरुको प्रयोग नगर्ने । सकेसम्म प्राकृतिक रंगको प्रयोग गर्नु पर्ने हुन्छ । होली खेल्दा कहिलेपनि लामो समयसम्म खेल्नु भने हुँदैन जति लामो समयसम्म शरीरमा रंगहरु राखिन्छ त्यतिनै त्यसको असर बढ्दै जान्छ ।
स्वास्थ्यलाई ख्यालमा राख्दै सुरक्षितका साथ होली खोल्नु पर्छ ।
(छाला तथा यौन रोग विशेषज्ञ डा. सब्रिना यमु श्रेष्ठसँगको कुराकानीमा आधारित)
’
महिला स्वास्थ्य