काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा आज (शनिबार) राती चेन्नाई सुपरकिंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।
खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
आईपीएल २०२० मा खराव प्रदर्शन गरेको चेन्नाई यस सिजनमा सुखद सुरुवातको लक्ष्य सहित मैदान उत्रिने छ । अर्को तिर गत सिजन उत्कृष्ट प्रदर्शन गरेको दिल्ली आफ्नो पुरानै लयलाई कायमै राख्न चाहन्छ ।
तर, दिल्ली आफ्नो नियमित कप्तान श्रेयस अयरविना मैदानमा उत्रिने छ । श्रेयस चोटका कारण टोली बाहिर रहने भएपछि दिल्लीको कप्तानी ऋषभ पन्तले सम्हाल्ने छन् ।
गत सिजन दिल्ली फाइनलमा मुम्बई इन्डियन्ससंग पराजित भएको थियो ।
पिच रिपोर्ट :
वानखडे स्टेडियममा प्रायः जसो खेलमा रनको बर्षात भएको देख्न पाइन्छ । त्यसले पनि यस मैदानलाई ब्याटिङ पिच मैदान भन्ने गरिन्छ ।
यस मैदानमा टस जित्ने टिमले पहिले बलिङ गर्न रुचाउने छन् । पहिले ब्याटिङ गर्ने टिम यस मैदानमा २ सयभन्दा माथीको रन बनाउने प्रयास गर्ने छ । किनभने दोस्रो पारीमा मैदानमा ओसको प्रभाव देखिन सक्ने छ ।
सम्भावित प्लेइङ–११ (चेन्नाई)
महेन्द्र सिंह धोनी (कप्तान), फाफ डू प्लेसी, ऋतुराज गायकवान्डे, सुरेश रैना, अम्बाती रायडू, साम करन, रविन्द्र जडेजा, मोईन अली, शार्दुल ठाकुर, ड्वेन ब्रावो र दीपक चाहर
सम्भावित प्लेइङ–११ (दिल्ली)
ऋषभ पंत (कप्तान), शिखर धवन, पृथ्वी शाँ, स्टीव स्मिथ, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, ललित यादव, इशान्त शर्मा, क्रिस वोक्स र उमेश यादव