एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेलहरु हुँदैछ ।
चेन्नईमा हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । बैंगलोर र कोलकत्ताबीचको खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
आज बैंगलोर लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ ।
बैंगलोर तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।
बैंगलोरले २ खेलमा ४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ ।
कोलकत्ता भने दोस्रो जितको खोजीमा हुनेछ ।
कोलकत्ता २ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
मुम्बईमा हुने अर्को खेलमा दिल्ली क्यापिटल्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
दिल्ली र पन्जाबबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।
दिल्ली दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।
दिल्लीले २ खेलमा २ अंक जोडेको छ ।
पन्जाब पनि दोस्रो जितको खोजीमा हुनेछ ।
पन्जाबको २ खेलमा २ अंक रहेको छ ।