एजेन्सी । दिल्ली क्याटपिल्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।
चेन्नईमा मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।
मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाए । स्टिभ स्मिथले ३३ रन जोड्दा ललित यादव २२ रनमा अविजित रहे ।
कप्तान ऋषव पन्त र पृथ्वी श समान ७/७ रन जोड्दा आउट भए । शिम्रन हिटमेयरले अविजित १४ रन बनाए ।
मुम्बईका जस्प्रित बुम्राह, जयन्त यादव, राहुल चाहर र केइरन पोलार्डले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाए ।
इशान किशनले २६ रन जोड्दा सूर्यकुमार यादवले २४ रन बनाए । जयन्त यादवले २३ रन बनाए ।
दिल्लीका अमित मिश्राले ४ विकेट लिए । आभेस खानले २ विकेट लिए ।
जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
दिल्लीले ४ खेलमा ६ अंक जोडेको छ ।
मुम्बईको यो दोस्रो हार हो । मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ ।