काठमाडौं । यातायात व्यवस्था कार्यालयमा डेढ वर्षभित्र २४ हजार ४ सय ८ नयाँ सवारीसाधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सवारी दर्ता तथ्यांक अनुसार गत वर्ष २०७६/०७७ मा १६ हजार २ सय ९१ सवारीसाधन दर्ता भएका थिए । पछिल्लो ६ महिनामा ८ हजार १ सय १७ वटा सवारीसाधन दर्ता भएका हुन्।
सबैभन्दा बढी कार, जीप र भ्यान दर्ता भएका छन् । साउन महिनादेखि असार सम्म १० हजार ६ सय ७३ दर्ता भएका छन् । पिकअप भ्यान २८ सय ७०, बस ६ सय ६७, ट्रक, टिपर, ट्याक्टर, कन्टेनर ६ सय ४१, मिनीबस र मिनीट्रक ५ सय ८५ वटा दर्ता भएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, क्रेन, डोजर, एस्काभेटर, लोडर र रोलर ४ सय ९५, माइक्रो १ सय २२, कुटनीतिक प्रयोजनका सवारीसाधन १ सय ५० र एम्बुलेन्स ८८ वटा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि मंसिर महिनासम्म ८ हजार १ सय १७ सवारी साधन दर्ता भएका छन् । कार, जीप र भ्यान नै सबैभन्दा धेरै अर्थात ५ हजार ४ सय १७ वटा दर्ता गरिएको छ । पिकअप भ्यान १८ सय ३०, ट्रक,टिपर,ट्याक्टर र कन्टेनर २ सय ४५, बस १ सय ८५,मिनीबस र मिनिट्रक १ सय ८८ वटा दर्ता गरिएको छ ।