न्यूयोर्क– विश्वकै सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनी जेबिएस साइबर आक्रमणको निशानामा परेको छ ।
जेबिएसको कम्प्युटर नेटवर्क ह्याक भएका कारण अस्ट्रेलिया, क्यानडा र अमेरिकामा यसको सञ्चालन हालका लागि अस्थायी रुपमा बन्द गरिएको छ । जसका कारण हजारौं कामदारहरु प्रभावित भएका छन् । साइबर आक्रमण कुनै आपराधिक समूहले गरेको हुन सक्ने आशंका गरिएको छ । सम्भवतः रुससँग सम्बन्धित समूहले गरेको हुन सक्ने ह्वाइट हाउसले जनाएको छ ।
ह्याकरले कम्प्युटर नेटवर्कमा प्रवेश गरी फाइलहरु डिलिट गर्ने र बिगार्ने गरेका छन् । ह्वाइट हाउसले यस विषयमा एफबीआईले छानविन गर्ने जनाएको छ । यस्तै प्रकारको आक्रमण अघिल्लो महिना अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइल लाइन माथि पनि भएको थियो ।