एमेजोनका संस्थापक जेफ बिजोजले २ करोड ८० लाख अमेरिकी डलर तिरेर अन्तरिक्ष यात्राका लागि सिट सुरक्षित गरेका छन् ।
एक रहस्यमय बोलपत्रमा सो रकम तिरेर अर्वपतिको कम्पनी ब्लु ओरिजिन अन्तरिक्ष यात्राका लागि सिट सुरक्षित गर्ने पहिलो अन्तरिक्ष पर्यटक बिजोज बनेका हुन् ।
हिजो भएको अक्सनमा कति जना विजेता बने भन्ने जानकारी आगामी हप्ता सार्वजनिक गरिने ब्लू ओरिजिनले ट्वीट मार्फत् जानकारी गराएको छ ।
अन्तरिक्ष पर्यटकका लागि गरिएको बोलपत्रमा १ सय ४० देशका पर्यटकहरु प्रभावित भएका थिए । जसमा तीन जनाको सिट सुरक्षित भएको छ ।
आगामी २० जुलाईमा हुने अन्तरिक्ष यात्राका लागि अमाजोन संस्थापक जेफ बिजोज, उनका भाइ मार्क र अर्का नाम नखुलेका व्यक्ति जाने पक्का भएको छ ।-