रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संङ्क्रमितहरु बढ्न थालेका बताइएको छ । रुसमा हिजोमात्रै १३ हजारभन्दा बढी कोरोना सङ्क्रमित फेला परेका छन् । रुसमा गएको २४ घन्टामा यति धेरै सङ्क्रमित भेटिएका हुन् ।

यससँगै रुसमा सङ्क्रमितको संख्या करिब ५२ लाख पुगेका बताइएको छ । रुसका अधिकारीहरुले चार महिनापछि यति धेरै सङ्क्रमित एकै दिन भेटिएका जनाएका छन् ।रुसका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले यही जुन २ तारिखदेखि रुसमा कोरोना भाइरसका सङ्क्रमितहरु थपिदै गएका बताएका छन् ।

ती अधिकारीहरुले शनिबार मात्र यहाँ १३ हजार ५१० जना सङ्क्रमित थपिएका र ती सङ्क्रमितहरु गएको फेब्रुअरी महिनाको २ तारिखपछि अहिले सम्मकै सबैभन्दा धेरै भएको पनि बताइएको छ ।

यहाँ गर्मीयामको शुरुवातामा मानिसहरु ठूलो संख्यमा जम्मा हुन थालेका र त्यसका कारण पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरु पनि बढ्न थालेका पाइएको अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोना भाइरसका कारण १ लाख २६ हजार जना भन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा मात्र यहाँका कम्तीमा ३९९ जनाको ज्यान गएको पनि बताइएको छ । यहाँका अधिकारीहरुले रुसमा दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिएको पनि बताएका छन् ।-