एजेन्सी । लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग अनुबन्धको नजिक देखिएका छन् ।
बार्सिलोना छाड्ने निर्णय गरेका मेस्सी फ्रान्सेली क्लब पीएसजीसंग अनुबन्धको नजिक देखिएका हुन् ।
३४ वर्षिया फरवार्डले दुई वर्षको सम्झौतामा अर्को हप्ता हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । कर कटाएर मेस्सीले वर्षको २५ मिलियन पाउण्ड पीएसजीमा कमाउन सक्ने बताइएको छ ।
ला लिगा क्लब बार्सिलोनाले नयाँ सम्झौताका लागि असमर्थता जनाएपछि मेस्सी बार्सिलोनाबाट अलग भएका हुन् ।
वित्तिय र संरचनागत समस्याका कारण क्लबले मेस्सीलाई राख्न नसकेको बताएको छ ।
मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरे लगत्तै पीएसजीले लबिङलाई तिव्रता दिएको छ । मेस्सी पीएसजी आएको खण्डमा बार्सिलोनाका पूर्व सहकर्मी नेयमारसंग उनको पुनर्मिलन हुनेछ ।
पीएसजीले मेस्सीलाई अनुबन्ध गर्ने राम्रो अवसरको रुपमा लिएको छ । उनले वित्तिय अनुशासनको नियम नतोडेरै मेस्सीलाई हस्ताक्षर गर्न सकिने विश्वास लिएको छ ।
पीएसजीले नयाँ सिजन रियल मड्रिडका पूर्व कप्तान सर्जियो रामोस सहित जियानलुइगी डोनारुम्मा, जर्जिन्हो विजनाल्डमलाई निशुल्क क्लबमा अनुबन्ध गरिसकेको छ ।
६ पटकका वालेन डी ओर विजेता मेस्सी गत जुलाई १ बाट फ्रि–एजेन्ट बनेका थिए । सम्झौता नविकरणका लागि क्लब असफल बनेको थियो । बार्सिलोनासंग उनको सम्झौता जुलाई ३० मा सकिएको थियो ।
मेस्सीले आफ्नो सम्पुर्ण व्यवसायीक करियर बार्सिलोनामै बिताए । क्लब एकेडेमी ला मासियाबाट आएका मेस्सीले ७ स य ७८ खेलमा ६ सय ७२ गोल गरे । उनले सन् २००३ मा सिनियर टिममा डेब्यु गरेका थिए ।