काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा ४ सय १२ जना संक्रमित थपिए सँगै नेपालका कुल कोरोना संक्रमित संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५ हजार ५८ जना सक्रिय संक्रमित छन्। २ सय १६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। र १ सय ८४ जना आइसियु र ३२ जना भेन्टिलेटरमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु मध्ये प्रदेश १ को झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५ र सुनसरीरहेका छन् ।
प्रदेश २ को धनुषामा ५, पर्सामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ९८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७, चितवनमा ८, धादिङमा १०, नुवाकोटमा २, भक्तपुरमा २५, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा २८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २५, गोरखामा २, नवलपरासी पूर्वमा २, लमजुङमा १, बागलुङमा ४ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा ३, बर्दियामा २, बाँकेमा ४, रोल्पामा ३ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ।
कर्णाली प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशको पनि हुम्लामा मात्र १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।