काठमाडौ - अस्वस्थ्यकर जिवनशैली, बंशाणु र बढ्दो उमेरका कारण विभिन्न स्वास्थ्य समस्याहरु उत्पन्न हुन्छ । जसमध्ये मधुमेह पनि एक हो । मधुमेह नियन्त्रण वा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न खानपानमा बिशेष ध्यान दिनुपर्छ । अन्यथा अन्य विविध जटिल स्वास्थ्य समस्या जस्तै आँखा, मिर्गौला र नशासम्बन्धि समस्या निम्त्याउने चिकित्सकहरु बताउँछन् ।
सन्तुलित आहार सेवनले हामी विभिन्न रोगसँग लड्न सक्छौ । त्यसैले सन्तुलित आहार सेवन गर्ने बानी बसालै ।
कस्तो खानपानले मधुमेह नियन्त्रण एवं व्यवस्थापन गर्न सकिन्छ ?
डायटिसियनको सल्लाह अनुसार साग, तरकारी, ताजा फलफूल, दाल, गेडागुडी दैनिक भोजनमा समावेश गर्नुपर्छ ।
बोसो, छालारहित मासु, माछा, अन्डा, चिल्लोरहित दूध ठिक्क मात्रामा खानुपर्छ ।
तोकिएको क्यालोरी प्राप्त हुने खानेकुरा भोजनको समावेश गनुपर्छ ।
परिवारले खाने खानामा फेरबदल गरी सन्तुलित भोजन खानुपर्छ ।
दैनिक हरेक पटकको छाक नछोडी ठिक समयमा खाना खानुपर्छ ।
दुई खानाको बीचमा ६ घन्टा भन्दा बढिको अन्तराल भएमा स्वस्थ्यकर पोषिलो खाजा उचित मात्रामा खानुपर्छ ।
हरेक पटक खानाको परिमाणमा विशेष ध्यान दिनुपर्छ ।
गुलियो खाद्यपदार्थ जस्तैः केक, चकलेट, जुस र मिठाईबाट टाढा रहनुपर्छ ।
खानामा रेसायुक्त खाद्यपदार्थ समावेश गर्नुपर्छ ।
सफा–शुद्ध पानी प्रशस्त पिउनुपर्छ ।
बफ्याएको, उसिनेको र कम तेल प्रयोग गरेको खानेकुरा मात्र सेवन गनुपर्छ ।
दूध तथा दही क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत हो । त्यसैले १ वा २ प्रतिशत चिल्लो भएको दूध तथा दही दैनिक भोजनमा समावेश गर्नुपर्छ ।
चिकित्सकको सल्लाह अनुसार औषधि तथा इन्सुलिन सँगै खानाको तालिका मिलाउनुपर्छ ।
ग्लुकोजको परिणाम ठिक राख्न के गर्ने ?
प्रत्येक दिन खानामा उचित क्यालोरी समावेश गर्ने
प्रत्येक दिन एउटै समयमा खाना र खाजा खाने
प्रत्येक दिनको छाक नियमीत रुपमा खाने
चिकित्सकको सुझाव अनुरुप औषधिको सेवन गर्ने
शरीरको अवस्था अनुसार शारिरीक व्यायम गर्ने
मधुमेह हुन नदिन के गर्ने ?
रगतमा चिनी÷ग्लुकोजको मात्र ठीक राख्नुपर्छ ।
उमेर र उचाई अनुसार शरीरको तौल ठीक राख्नुपर्छ ।
रक्तचाप नियन्त्रणमा राख्नुपर्छ ।
कोलेस्टेरोल (चिल्लो पदार्थ) नियन्त्रणमा राख्नुपर्छ ।
समय समयमा स्वास्थ्य जाँच गरिरहनुपर्छ ।
नुनको प्रयोगमा सावधानी अपनाउनुपर्छ । यसका साथै धूम्रपान र मद्यपान गनुहुदैँन ।
(प्रा. डा जया प्रधानसँगको कुराकानीमा आधारीत । उहाँ पदमकन्या बहुमुखी क्याम्पसमा आबद्ध हुनुहुन्छ ।)
’
महिला स्वास्थ्य