काठमाडौं । जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटनविरुद्ध घोषित जनप्रदर्शन र विरोधका कार्यक्रमका प्रमुख वक्ता तोकेको छ । जसपाले देशका विभिन्न सहरमा जनप्रदर्शन तथा विरोधका चरणबद्ध कार्यक्रम घोषणा गरेको छ ।
जसअन्तर्गत पुस २५ मा विराटनगरमा डा बाबुराम भट्टराई, उपेन्द्र यादव र मृगेन्द्रसिंह यादव, धनगढीमा नवराज सुवेदी, गोविन्द चौधरी र दुर्गा सोव तथा भैरहवामा महन्थ ठाकुर, महेन्द्र राय यादव र सर्वेन्द्रनाथ शुक्लालाई प्रमुख वक्ता तोकिएको छ ।
यस्तै, पुस २७ गते वीरगन्जमा उपेन्द्र यादव, लालबाबु राउत, लक्ष्मणलाल कर्ण र सुनील रोहित, नेपालगन्जमा अशोक राई, मोहम्मद इस्तियाक राई, अकवाल अहमद र अमृत अग्रहरी तथा जनकपुरमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, रेणुकुमारी यादव, वृषेशचन्द्र लाल र उमाकान्त झा तोकिएका छन् ।
जसपाले पुस २९ गते पोखरा, सुर्खेत र बिर्तामोड, माघ ३ गते धरान, मलंगवा, सिरहा, कलैया, तौलिहवा र रौतहट तथा ७ गते सबै जिल्लाका सदरमुकामलगायत प्रमुख सहरमा जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।