काठमाडौं - चिसो मौसम सुरु भएसँगै स्वास्थ्यमा विभिन्न स्वास्थ्य समस्याहरु देखिन थाल्छन् । जाडोमा प्राय व्यक्तिमा देखिने साझा समस्या भनेको रुघाखोकीले ने हो । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । त्यो भनेको नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुनु हो ।
यस्ता समस्याबाट छुटकार पाउने विभिन्न तरिकाहरु छन् । तर सहज रुपमा घरेलु उपायले नै यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । सहज रुपमा चिसोमा लाग्ने समस्या अर्थात रुघाखोकिबाट बच्ने घरेलु उपाय यस्ता छन् ।
रुघाखोकि लागेपछि मानिसहरु ओछ्यानमा नै बस्न रुचाउँछन् । रुघाबाट छुटकारा पाउनका लागीे बिहान उठ्ने बित्तिकै तातोपानिले नुहाउनुपर्छ ।
केहि व्यक्तिमा रुघाका कारण भोक नलाग्ने पनि हुनसक्छ । भोक छैन भनेर केहि खानेकुरा नखाँदा खोकिका किटाणु अझ बढि सक्रिय हुन्छन् । त्यसैले खानाको साथै बेसार हालिएको दुध पिउनुपर्छ । दुध पिउने चाहाना नभए सुन्तलाको जुस पनि पिउन सकिन्छ । सुन्तलामा भिटामिन सि हुन्छ । जसले रुघालाई निको पार्न सहयोग गर्छ । भिटामिन सिले इम्युन सिस्टमलाई बलियो बनाउँछ ।
रुघा लाग्दा नाक बन्द हुन्छ । यस्तो अवस्थामा स्वाश फेर्न समस्या हुन सक्छ । बन्द नाक खोल्न कतिपय अवस्थामा औषधि प्रयोग गर्नुपछृ । यस्तो अवस्थामा औषधिभनदा स्टिम लिनु उपयुक्त हुन्छ । यो बन्द नाकको प्रभाकारी समाधान हो । यसबाट कफ बाहिर निस्कन्छ र राहत प्राप्त हुनछ । यसबाट छिट्टै छुटकारा पाउन दिनमा २ ३ पटक सम्म यो तरिका अपनाउन सकिन्छ ।
रुघालाग्दा शररिलाई पुर्ण रुपमा शिथिल हुन दिनुहुदैँन । रुघाखोकि लाग्या छ भनेर बिरामी जस्तो भएर बस्न हुदैँन आफ्नो नियमित काम गरिरहनुपर्छ । साथै थप एक्सरसाइज गर्नुपर्छ । यसबाट ब्लड सर्कुलेसन बृद्धि हुन्छ । जसबाट शरीरमा गर्मी बढ्छ र रुघाबाट राहत प्राप्त हून्छ ।
रुघाबाट राहत प्राप्त गर्न घरमै तयार पारिएको तातो सुप पिउन सकिन्छ । पटक पटक सुप पिउादा रुघाबाट राहत प्राप्त हुन्छ ।
केहि समयमा नै रुघाबाट राहत पाउन साधारण चियाको साटो हर्वल चिया पिउनुपर्छ । हर्वल चियामा अदुवा, मरिच, तुलसी र दालचिनी आदिको मिश्रण गर्नुपर्छ ।
राति डिनरमा सादा दालको साटो मसलायुक्त तरकारी बनाउनुपर्छ । यसमा अदुवा, लुसुनको पेस्टका साथै सबै गरम मसला हाल्नुपर्छ । तातो करीमा हालिने गरम मसलाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।