डा. जया प्रधान
काठमाडौं - उमेर अनुसार महिलामा हुने परिर्वतन अर्थात महिनावारीलाई स्वस्थ्य र सहज बनाउन भोजनले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । महिनावारी हुदाँ केहि महिलामा हातखुट्टा दुख्ने, कमजोर महशुस हुने, तल्लो पेट सहन नसक्ने गरि दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखापर्छन् । यस्तो समस्या भएमा पिडा कम गर्न औषधिको सेवन गर्दा अस्थायी रुपमा मात्र समस्या समाधान हुने र यसले स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ ।
स्वस्थ्यकर र पोषिलो खानाको उपभोगबाट स्वस्थ्य एव्म नियमित रुपमा रजस्वला हुन मद्धत पुर्याउँछ । भने अर्को तिर महिनावारीसँग सम्बन्धित हर्मोन जस्तै पैोजेस्ट्रोरोन, इस्टा्रेजिनको कामलाई सन्तुलित राख्न पनि मद्धत गर्छ । यस प्रकारको दैनिक खाने खानाले यस अवस्थालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले प्रभाव पारेको हुन्छ ।
दैनिक भोजन अस्वस्थ्यकर हुनाले पौष्ट्रिक तत्वको कमिले इस्ट्रोजिन हर्मोनलाई बढि सक्रिय पार्ने औषधि सेवन गर्नाले, बढि धुम्रपान गर्नाले शरीरमा प्रोस्टग्ल्याडिन्स हर्मोन बढ्छ । चिन्ताले गर्दा महिनावारी अनियमित हुने, महिनावारी यसरी समयभन्दा अगाडि पछाडि हुदाँँ असह्य पेट दुख्ने रिंगटा लाग्ने, वाकवाक लाग्ने, बान्ता हुने जस्ता समस्या हुनसक्छन् ।
खाद्यपदार्थबाट प्राप्त पौष्ट्रिक पदार्थले शरीरमा उत्पन्न हुने हर्मोनको कार्यलाई नियन्त्रित गरी महिनावारी प्रक्रृयालाई नियमित राख्ने भएकाले खानाको गुणस्तरमा बिशेष ध्यान दिनुपर्ने हुन्छ । साधारणतय प्रजनन उमेरको सुरुदेखि अन्त्यसम्म पुरुषलाई भन्दा महिलालाई प्रतिदिन लौहतत्व बढि आवश्यक पर्छ ।
महिनावारीलाई स्वस्थ्य र सुचारु राख्न जानैपर्ने कुराहरु
यस अवस्थामा अन्य अवस्थाको जस्तै दुई वा तिनपटक मात्र नखाई समय समयमा थोरै थोरै परिणाममा विविध परिकार खाइरहनुपर्छ । यसरी खादाँ अपच नहुने तथा सबै प्रकारका पौष्टिक तत्व प्राप्त हुन सक्छ ।
आमेगा थ्रि फ्याटि एसिडयुक्त खाद्यपदार्थ जस्तै माछाको तेल लिदाँ यसले जलन बचाउँछ । साथै नियमित महिनावारीको लागी अति आवश्यक फ्याटि एसिड भोजनबाट पुर्ति गर्नुपर्छ ।
क्याफिन भएका खाद्यपदार्थ जस्तै कफि, चिया, कोको कोला, चकलेट आदि सकेसम्म नखादाँ बेस हुन्छ । यसले तनावपुर्ण स्थिती सृजित गरि महिनावारीको अवस्थालाई असहज बनाउन सक्छ ।
महिनावारी हुदाँ शरीरबाट बढि पानि तथा तरल पदार्थ खेर जाने हुनाले यस अवस्थामा अल्कोहलको सेवन कम गर्नुपर्छ वा नखाँदा बेस हुन्छ ।
सकेसम्म शरिरलाई शिथिल पार्ने तथा पेट टन्न हुने किसिमको खाद्यपदार्थ जस्तै तयारी खाद्यपदार्थ, चिल्लो र चिनियुक्त खाद्यपदार्थ उपभोगमा कम गर्नुपर्छ ।
खानामा प्रशस्त मात्रामा पुरै अन्न क्याल्सियम एव्म म्याग्नेसियमयुक्त खाद्यपदार्थ समावेश गर्नुपर्छ ।
मासु सकेसम्म खानामा कम गर्नुपर्छ । यसले पेट दुखाउने, प्रोस्टग्यान्डिन्स पैदा कम गर्छ । दैनिक प्रोटिनको आवश्यकता पुर्ति गर्न गेडागुडि तथा अन्नलाई मिलाएर खान सकिन्छ । साथै तोफु पनि प्रोटिन र म्याग्नेसियमको राम्रो स्रोत भएकाले यो पनि खानामा समाबेश गर्न सकिन्छ ।
फ्ल्याक्सको बिउमा माछामा जस्तै ओमेगा थ्रि फ्याटि एसिड हुने भएकाले यसले प्रोस्टग्ल्याडिन्स तत्व उत्पन्न हुन नदिई यस अवस्थामा पेट दुख्नबाट बचाउँछ भन्ने विभिन्न अध्ययनले देखाएको छ । त्यसकारण दैनिक खानामा दुई चिया चम्चा धुलो फ्ल्याक्सको बिउ समाबेश गर्दा बेश हुन्छ ।
बदाम पेस्ता जस्ता खाद्यपदार्थ ढुसि लाग्ने बढि सम्भाबना भएकाले यस्ता खाद्यपदार्थ खादाँ सकेसम्म ताजा प्रयोग गर्नु उपयुक्त हुन्छ ।
पानिले शरिरमा उत्पन्न हुने विकार पदार्थ अर्थात रासायनिक पदार्थलाई बाहिर फ्याक्ने तथा शरिरलाई डिहाइड्रेसन हुनबाट बचाउने हुनाले यस अवस्थामा प्रशस्त पानि तथा फलफुलको रस, सुप जस्ता झोल पदार्थ पिउनुपर्छ ।
प्रजनन् उमेरमा महिलामा देखिने स्वास्थ्य सामस्या एनिमियाबाट ग्रसित भएको स्थितीमा महिनावारी हुदाँ अझ बढि प्रभाब पार्छ । अर्थात यस्तो स्थितीमा महिनावारी गडबढि हुने तथा अन्य समस्याहरु पैदा हुन सक्छ ।
(डा. जया प्रधानको जिवनशैली र पोषण पुस्तकबाट साभार)