काठमाडौं- चिया नखाने व्यक्ति सादै कमै होलान। दुध हालेको चिया खाने व्यक्तिको संख्या घट्दै गइरहेको एक अध्ययनले देखाएको छ । त्यसको साटोमा कफि वा कालो चिया खाने गर्नेहरु बढिरहेको हुन सक्ने अनुमान सहजै लगाउन सकिन्छ ।
कालो चियामा एन्टी अक्सिडेन्ट, फाइटो केमिकल्स जस्ता फाइदाजनक तत्वहरु पाइन्छन् । जसले तुरन्तै मुड फ्रेस बनाइदिन्छ । फिक्का अर्थात् दूध नराखेको र चिनी पनि कम राखेको कालो चियाले शरीरलाई ताजगी दिने मात्र होइन विभिन्न खाले स्वास्थ्य फाइदा पनि हुन्छन् ।
कालो चिया पिउनुका यस्ता छन् केहि अन्य फाइदाः
तौल घटाउने : कालो चियामा क्यालोरी कम हुन्छ । यो पिएपछि भोक कम लाग्छ र त्यसले वजन घटाउनमा सहयोग गर्दछ ।
हड्डीको मजबुतीः चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् ।
दाँतको सुरक्षाः चियामा फ्लोराइड तथा ट्यानिन तत्व पाइन्छ जसले दाँतलाई स्वस्थ तथा मजबुत बनाउँदछ । क्यान्सरबाट बचावट स् चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ ।
रोगप्रतिरोधः कालो चिया पिउनाले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँदछ । साथै यसले विभिन्न खाले संक्रमणको जोखिम पनि कम गर्दछ ।
बुढोपना घटाउने: चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ ।
हृदयाघातको जोखिम कमः दिनहुँ २र३ कप कालो चिया पिउने मानिसहरुमा चिया नपिउने मानिसमा भन्दा हृदयाघातको जोखिम ७० प्रतिशत कम हुन्छ ।